KATHMANDU: Prime Minister Sushila Karki has said that it is necessary to move forward with restraint and unity, given the country’s current exceptional circumstances.
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मौलिक चाडपर्वहरु सभ्यता, संस्कृति र पहिचानका अमूल्य सम्पदा रहेको बताएकी छन् । बिहीवार काठमाडाैँमा मगर (माघे) संक्रान्तिको अवसरमा मगर समुदायले आयोजना गरेको कार्यक्रममा उनले माघे संक्रान्ति लगायतका पर्वहरु देशका सम्पदा भएको बताएकी हुन् । मौलिक चाडपर्व, परम्परा, भेषभुषाको बहुरंगी सौन्दर्यले नेपालको राष्ट्रियता सुन्दर ढंगले श्रृगारिएको उनकाे भनाइ छ ।
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् । काठमाडौँमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।
KATHMANDU: CPN-UML Chairperson KP Sharma Oli has objected to the decision of the Office of the Attorney General to withdraw cases related to organised crime and money laundering against Rastriya Swatantra Party (RSP) Chairperson Rabi Lamichhane.
काठमाडाैँ । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबिच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ । बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षरपछि माइतिघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दाबी गरे ।
काठमाडौं। जलविद्युत कम्पनीले अब ग्राहकलाई सिधै बिजुली बेच्न पाउने भएका छन्। हालसम्म विद्युत् व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेकामा अब प्रवर्धकहरुले प्राधिकरणको प्रसारणलाइन प्रयोग गरी आफैं ग्राहकलाई बिजुली बेच्न पाउने भएका हुन्। यसका लागि विद्युत् नियमन आयोगले कानुनी व्यवस्था गरिदिएको छ। आयोगले ‘विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँचसम्बन्धी निर्देशिका’ जारी गरेको छ।
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । चलचित्रकर्मीहरूसँग अन्तरक्रिया, युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरुको उत्सव’ भन्ने नारा राखिएको छ । उनले भने, “हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ ।
काठमाडौं। विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले बलिङ प्रशिक्षक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा इंग्ल्यान्डको ग्लामोर्गन काउन्टी क्रिकेट क्लबका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली टोलीको बलिङ कन्सल्टेन्टका रूपमा नियुक्त गरेको जनाएको हो। नेपाली टोलीको मुख्य प्रशिक्षक पनि अस्ट्रेलियाकै छन्। नेपाल स्टुअर्ट ल को प्रशिक्षणमा विश्वकप खेल्ने तयारीमा छ।
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीको शक्ति सन्तुलन नै उल्ट्याउँदै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गर्यो। विशेष महाधिवेशनको सबैभन्दा निर्णायक मोड भने शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहका सात जना प्रभावशाली नेताहरूले अन्तिम क्षणमा कित्ता परिवर्तन गर्दै गगन थापा समूहमा समाहित हुनु रह्यो। महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत हुँदा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध भए। देउवा समूह छाडेर गगन समूहमा सामेल भएकी पुष्पा भुसालको उपसभापतिमा चयनलाई कांग्रेसभित्र ‘राजनीतिक संकेतात्मक जित’का रूपमा हेरिएको छ। समावेशी संरचनातर्फको सहमहामन्त्री चयनमा समेत देउवा समूह छाडेर आएका नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ।
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए।
काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले सञ्चालन गरिरहेको ‘नेपालको शान, मुम्बईको मैदान’ योजनाअन्तर्गत दोस्रो चरणको विजेताको नाम सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत पोखराका टेकनाथ भण्डारी दोस्रो चरणको विजेता चयन भएका हुन्। उनले पोखरास्थित ‘मोडर्न डिजिटल इलेक्ट्रोनिक्स’ बाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। The post त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमाका सबै सेवा appeared first on RONB post.
सुर्खेत। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानमा तीनजनाको मत्यु भएको छ। गत २३ पुसमा सुर्खेतको भेरीगङ्गा नगरपालिका ५‚ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। गत २६ पुसमा सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका ७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो।
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन्। किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उनलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो। उपमहानगरपालिका प्रमुख राईलाई रु दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ। सम्मान ग्रहण गर्दै उनले आफू सधैँ श्रममा विश्वास गर्ने बताए। ‘म श्रम र कर्ममा विश्वास गर्छु। साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गरेक छन् । उनले आज एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन्।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)