npl.977 Nepal News Stream

#NRB

Contents
Insurance Khabar logo Insurance Khabar

बैंकिङ प्रणालीबाट ६ दिनका लागि रु. १०० अर्ब तान्दै राष्ट्र बैंक

जयराम गौतम 6 hours ago

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ।

केन्द्रीय बैंकले आज फागुन १९ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ६ दिने निक्षेप संकलन उपकरणको यही फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

Insurance Khabar logo Insurance Khabar

यस्ता छन् डिजिट वित्तीय कारोबारमा तीन तहका सुरक्षा

जयराम गौतम 9 hours ago

काठमाडौं । आधुनिक डिजिटल प्रविधि हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ। तर, यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ।

त्यसैले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आवश्यक छ। यसका लागि तीन तहको सुरक्षा छन्।

यस्ता छन् तीन तहका सुरक्षा

तपाइँलाई मात्र थाहा हुने: यो तहले तपाइँलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ। जसमा तपाइँको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ। यस तहको सुरक्षा मुख्य रुपमा तपाइँको ज्ञान र सम्झनामा भर पर्छ।

तपाइँसँग मात्र हुने: यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाइँसँग हुन्छ। जस्तैः तपाइँको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन। यी वस्तुले तपाइँको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाइँको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन्।

तपाइँको आफ्नै: यसमा तपाइँको व्यक्तिगत बायोमेट्रिक विवरणहरु जस्तैः औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन्।
डिजिटल वित्तीय कारोरका लागि उल्लिखित प्रमाणीकरणका विधिहरु प्रयोग गर्न र ती विवरण अत्यन्तै गोप्य राख्न नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ।

Explore by Source or Category