npl.977 Nepal News Stream

#विविध

नेपाल न्युज logo नेपाल न्युज

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

नेपाल न्युज | 11 hours ago
ग्रिनल्याण्ड। खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर बढ्दो कूटनीतिक तनावबीच युरोपेली देशहरूका सैन्य कर्मचारीहरू बिहीबारदेखि ग्रिनल्यान्ड आइपुग्न थालेका छन्। वासिङ्टनमा अमेरिकी, डेनिस र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले ‘मौलिक असहमति’ समाधान गर्न नसकेको केही समयपछि यो सैन्य तैनाथी सुरु भएको हो।
नेपाल न्युज logo नेपाल न्युज

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

नेपाल न्युज | 11 hours ago
रसुवा। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन्। ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ।
नेपाल न्युज logo नेपाल न्युज

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजारभन्दा बढीले गरे भ्रमण

नेपाल न्युज | 11 hours ago
रसुवा। हिमाली जिल्ला रसुवामा पछिल्लो ६ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन्। ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ।
नेपाल न्युज logo नेपाल न्युज

राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल

नेपाल न्युज | 12 hours ago
सुर्खेत। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित भएका छन्। कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

एमाले बागमती प्रदेशद्वारा विशेष चुनावी अभियानको तयारी

नेपाल न्युज | 12 hours ago
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ।
नेपाल न्युज logo नेपाल न्युज

गगन थापा नेतृत्वको नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

नेपाल न्युज | 13 hours ago
काठमाडौं। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। ललितपुरको म्याक्सिम्स बैंक्वेटमा बैठक सुरु भएको हो । पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीलगायत विविध विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायत विषयमा छलफल गर्ने कार्यसूची छ।
नेपाल न्युज logo नेपाल न्युज

ठगी अभियोगमा पाँच जना पक्राउ

नेपाल न्युज | 13 hours ago
काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल न्युज logo नेपाल न्युज

आज राष्ट्रिय योग दिवस

नेपाल न्युज | 13 hours ago
काठमाडौँ। एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।
नेपाल न्युज logo नेपाल न्युज

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

नेपाल न्युज | 13 hours ago
झापा। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

नेपाल न्युज | 13 hours ago
झापा। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल न्युज | 14 hours ago
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला एक हजार पाँच सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सोही सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले घटेको छ।
नेपाल न्युज logo नेपाल न्युज

बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

नेपाल न्युज | 14 hours ago
सुनसरी। सुनसरीको दुहबी नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमडुवाले बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार पुस ३० गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनीस्थित बाँसको झ्याङमा लुकाइराखिएको ५ सय ५४ किलो गाँजा फेला पारेको हो।
नेपाल न्युज logo नेपाल न्युज

सडक निर्माण अलपत्र

नेपाल न्युज | 14 hours ago
कञ्चनपुर। कञ्चनपुरका विभिन्न पालिकामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधार योजना अलपत्र परेका छन्। निर्माण कम्पनीको बेवास्ताका कारण पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट ठेक्का सम्झौता भएका सुदूरपश्चिम प्रदेश सरकारका सडक योजनाहरू विगत आठ वर्षदेखि अलपत्र अवस्थामा छन्। आर्थिक वर्ष २०७४ मा सम्झौता भएका दुई दर्जनभन्दा बढी सडक अझै अधुरा छन्।
नेपाल न्युज logo नेपाल न्युज

खोटाङको चिसापानी बजार सडक निर्माण तीव्र

नेपाल न्युज | 15 hours ago
खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ। जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ। गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ।
नेपाल न्युज logo नेपाल न्युज

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

नेपाल न्युज | 15 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएकी छन्।
नेपाल न्युज logo नेपाल न्युज

ट्रक पल्टिदा पाँचको मृत्यु,तीन जना घाइते

नेपाल न्युज | 15 hours ago
सुनसरी। सुनसरीको हुलाकी राजमार्ग खण्डमा ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट टायल तथा मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सडकको घुम्तीमा बिहीबार बिहान अनियन्त्रित भई पल्टिएको हो।
नेपाल न्युज logo नेपाल न्युज

चेल्सीमाथि आर्सनलको रोमाञ्चक जित

नेपाल न्युज | 15 hours ago
काठमाडौँ। आर्सनलले लिगकपको पहिलो लेगको सेमिफाइनलमा बुधबार चेल्सीलाई ३–२ ले हराएको छ । यो जित हात पार्दै फाइनल प्रवेशको नजिक पुगेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो। ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे।
नेपाल न्युज logo नेपाल न्युज

दोस्रो एकदिवसीयमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले हरायो

नेपाल न्युज | 15 hours ago
काठमाडौँ। न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ। राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपाल न्युज | 15 hours ago
बाँके। बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जल पन्छी गणना हुँदै आएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

नेपाल न्युज | 16 hours ago
पर्वत। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ।

Explore by Source or Category