npl.977 Nepal News Stream

#फुटबल

नेपाल न्युज logo नेपाल न्युज

लालीगुराँसलाई तीन अंक, ‘ए’ डिभिजनका क्लबको निराशाजनक सुरुआत

नेपालन्युज | 7 hours ago
काठमाडौँ। मोफसलको लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा सुखद सुरुआत गर्दा सातदोबाटो युथ क्लब र संकटा क्लबले भने निराशाजनक बराबरी खेले। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दोस्रो खेलमा पोखराको क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १-० ले पराजित गरेको हो। अर्को खेलमा भने सातदोबाटो र संकटाले गोल गर्न सकेनन्।
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

जावलाखेल पहिलो खेलमै पराजित

Prakash Timalsina | 9 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएर राष्ट्रिय लिग खेलेको लालिगुराँस एसोसिएसनले विजयी सुरुवात गरेको छ। लालिगुराँसले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई १-० ले हराएको छ। राज भुसालले दोस्रो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई जोगाउँदै लालिगुराँसले जित निकालेको हो।
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

मोरक्को उपाधि नजिक

Prakash Timalsina | 16 hours ago
एजेन्सी – मोरक्को २००४ पछि पहिलो पटक अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ। सेमिफाइनलमा बुधवार नाइजेरियासँग ०–० को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा मोरक्कोले ४–२ को जित निकालेको हो। पेनाल्टी सुटआउटमा गोलकिपर यासिन बुनुले उत्कृष्ट प्रदर्शन गर्दै सामुएल चुक्वुएजे र ब्रुनो ओन्येमेचीका प्रहार रोके। त्यसपछि युसुफ एन–नेसिरीले निर्णायक पेनाल्टी गोल गर्दै मोरक्कोलाई फाइनलमा पुर्‍याए।
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

Prakash Timalsina | 17 hours ago
एजेन्सी – सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ। इजिप्टलाई १–० ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको छ। योसँगै मोहम्मद सलाहको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ। बुधबार राति मोरक्कोको तान्जियरमा भएको खेलमा सेनेगलका साडियो मानेले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

रियल कोपा डेल रेबाट बाहिरियो

Prakash Timalsina | 17 hours ago
एजेन्सी – रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मै बाहिरिएको छ। इन्जुरी समयमा जेफ्टे बेटान्कोरले निर्णायक गोल गरेपछि दोस्रो डिभिजनको अल्बासेटेले बुधवार रियललाई ३-२ ले हराउँदै सनसनीपूर्ण जित निकालेको हो। एस्टाडियो कार्लोस बेल्मोन्टेमा भएको खेलमा रियलले दुई पटक बराबरी गरे पनि अन्ततः हार टार्न सकेन।
हाम्रो खेलकुद logo हाम्रो खेलकुद

लिग कपमा आर्सनलसँग चेल्सीको हार

Prakash Timalsina | 18 hours ago
एजेन्सी – लिग कप (काराबाओ कप ) सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले हराएको छ । नाटकीय खेलमा चेल्सीका गोलकिपर रोबर्ट सान्चेजका गल्तीले आर्सनललाई फाइदा पुग्यो । अर्कोतिर अलेजान्द्रो गार्नाचोले २ गोल गर्दै चेल्सीलाई आशा जोगाइराखे।

Explore by Source or Category