npl.977 Nepal News Stream

Online Tv Nepal logo

Online Tv Nepal

Nepal number's 1 filmy news portal

गगन थापा पक्षले आधिकारिकता पाउने डरले देउवाका कार्यकर्ता मुठभेडमा उत्रिए, नाराबाजी गर्दै

अनलाइन टीभी नेपाल | 4 hours ago
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षसँग बहस चलिरहेका बेला बाहिर सडकमा तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नाराबाजी भएको हो । उनीहरूले निर्वाचन आयोगविरुद्ध नाराबाजी र देउवाको बखान गरेका छन् । कांग्रेस आधिकारिकताको विषयमा अहिले आयोगले कागजात अध्ययन गर्दैछ ।

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक,प्रेम, धोका र बदलाको साइकोलोजिकल थ्रिल

अनलाइन टीभी | 5 hours ago
काठमाडौं – नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, सामिप्यता, छलकपट, धोका र बदलाको कथा प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्सको भाव देखाइए पनि क्रमशः धोका र बदलातर्फ कथा मोडिँदै जाने संकेत ट्रेलरले दिएको छ।

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

अनलाइन टीभी | 6 hours ago
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। शुक्रबार उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा ४ गतेको मिति उल्लेख गरेको पाण्डेले बताए ।

पूर्णबहादुरलाई गुरुराज घिमिरेको काउन्टर, राजनीतिक प्रपोगाण्डा नगरौं

अनलाइन टीभी | 7 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले २९ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन् । कांग्रेस संस्थापन पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार निर्वाचन आयोग पुगेर ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै कागजात बुझाएपछि त्यसको खण्डन गर्दै गगन थापा पक्षीय कांग्रेस महामन्त्री घिमिरेले त्यसको प्रतिवाद गरेका हुन् ।

गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो

अनलाइन टीभी नेपाल | 8 hours ago
काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले शुक्रबार दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो ।

नेपालगन्जमा चलचित्र ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

अनलाइन टीभी | 9 hours ago
नेपालगन्ज – यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जबाट देशव्यापी साङ्गीतिक यात्रा सुरु गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।

रविलाई जोगाउन जिबी राई र छविलाल जोशीको मुद्दा फिर्ता लिने सरकारको तयारी

अनलाइन टीभी | 10 hours ago
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई फौजदारी मुद्दाबाट उन्मुक्ति दिन गोर्खा मिडियाका अध्यक्ष जिबी राई र छविलाल जोशीको मुद्दा पनि फिर्ता लिने तयारीमा सरकार लागेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार यसअघि रविको मात्र मुद्दा फिर्ता गर्ने निर्णयमा संशोधन गर्न लागिएको छ ।

पार्टी आधिकारिकताको माग गर्दै देउवा पक्ष पनि पुग्यो निर्वाचन आयोग

अनलाइन टीभी | 10 hours ago
काठमाडौं । कांग्रेसको संस्थापन पक्ष आधिकारिकताको माग गर्न शुक्रबार निर्वाचन आयोग गएको छ । कानुन व्यवसायीसँगको परामर्शपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी आयोग पुगेका हुन् । उनीहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो बहुमत रहेको र विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान नगरेकाले वैधता नभएको दाबी गरिएको छ ।

पूर्णबहादुर खड्काले किन बोलाए पत्रकार सम्मेलन ?

अनलाइन टीभी | 11 hours ago
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको बताए।

Explore news by Category