नेपालन्युज
|
29 minutes ago
नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ। १. खाना मीठो थकाली थकाली महिलाहरूको स्वाद र सीपको पुस्तान्तरणले स्थापित ब्रान्ड खाना मीठो थकाली २.
नेपालन्युज
|
33 minutes ago
रसुवा। आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गरे ।
नेपालन्युज
|
42 minutes ago
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ ।
नेपालन्युज
|
1 hour ago
खोटाङ। आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको दिक्तेल बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन आज जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन पेस भएका छन्। अधिवक्ता आभास रेग्मीसमेत तीनजना र युवराज सफलले महान्यायाधिवक्ताको निर्णय असंवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन पेस गरेका हुन्।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। कानुन व्यवसायीको छाता संगठन बारका महासचिव केदार कोइरालाद्वारा शुक्रबार जारी विज्ञप्तिमा ‘अपराधको राजनीतिकरण’ भएको टिप्पणी गरेको छ।
नेपालन्युज
|
2 hours ago
वेलिङ्टन । न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शुक्रबार तेहरानस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । साथै, त्यहाँ कार्यरत आफ्ना कूटनीतिक कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कूटनीतिक कर्मचारीहरू रातारात व्यावसायिक उडानमार्फत सुरक्षित रूपमा इरानबाट बाहिरिएका हुन् ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई चुनावी प्रतिष्पर्धामा जान सहयोग पुगोस् भन्ने उद्देश्यले नै आचारसंहिता जारी गरिएको बताएका छन् ।
खिलानाथ ढकाल
|
2 hours ago
नेपालन्युज
|
2 hours ago
गण्डकी। कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ । यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ ।
नेपालन्युज
|
3 hours ago
वेलिङ्टन। अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख खाताहरू हटाएको वा पहुँच बन्द गरेको अधिकारीहरूले बताएका छन् ।
नेपालन्युज
|
3 hours ago
चितवन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए ।
नेपालन्युज
|
3 hours ago
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।
नेपालन्युज
|
3 hours ago
कुआलालम्पुर। मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ । यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो । विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो ।
नेपालन्युज
|
4 hours ago
काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट घटनामा सातजना पक्राउ परेका छन्। तीन दिनअघि मंगलबार बेलुका बैंक लुटपाटमा संलग्न सातजनालाई पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
नेपालन्युज
|
4 hours ago
काठमाडौँ। ३३ किलो सुन र सनम शाक्यको अपरहण तथा हत्या प्रकरणमा फरार रहेका आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय सुरेन्द्र गौतम रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र मोरङ प्रहरीको टोलीले गौतमलाई शनिबार काठमाडौँबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले बताए।
नेपालन्युज
|
4 hours ago
काठमाडौँ। शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा पदाधिकारी चयन भइसकेको छ। यो समूहले सनाखत तथा अद्यावधिक गर्न भनी निर्वाचन आयोगमा दस्ताबेज बुझाइसकेको छ।
नेपालन्युज
|
4 hours ago
काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । आजैमात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।
नेपालन्युज
|
4 hours ago
काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले रू ५१ लाख सहयोग गरेको छ ।
नेपालन्युज
|
4 hours ago
काठमाडौं। नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।