npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

प्रतिनिधिसभा निर्वाचनः वीर अस्पतालमा द्रुत कार्यदल गठन

नेपालन्युज 13 hours ago

काठमाडौं। चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।

वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

Read more news from नेपाल न्युज

Explore by Source or Category