नेपालन्युज
|
29 minutes ago
काठमाडौँ । अमेरिका र इजरायलले लगातार चौथो दिन इरानका विभिन्न लक्ष्यमा बमबारी गरेका छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन् । इजरायली सेनाले तेहरानस्थित इरानको राष्ट्रपति कार्यालय, एउटा गोप्य परमाणु परिसर तथा रिभोलुसनरी गार्ड्सका एक कमान्डरमाथि आक्रमण गरिएको जनाएको छ ।
नेपालन्युज
|
1 hour ago
लन्डन । लन्डनमा भएको ‘हिट एण्ड रन’ दुर्घटनामा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा बेलायती र्यापर घेट्स वास्तविक नाम जस्टिन क्लार्क स्यामुएललाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ। लण्डनस्थित ओल्ड बेली अदालतले फैसला गर्दै उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्धसमेत लगाएको छ।
नेपाल न्युज
|
1 hour ago
कञ्चनपुर। कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो। पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता क्रमशः हराउँदै गएको छ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।
नेपालन्युज
|
1 hour ago
वासिङ्टन डिसी । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानका झण्डै २ हजार ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज र एउटा पनडुब्बी समेत ध्वस्त पारिएको हो।
नेपाल न्युज
|
1 hour ago
तनहुँ। तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ। तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन्। नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन्।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।
वीरेन्द्र रमण
|
1 hour ago
नेपालन्युज
|
2 hours ago
काठमाडौ । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा स्पष्ट जानकारी गराएका हुन् ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
नेपालन्युज
|
2 hours ago
काठमाडौं । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जनलााई पक्राउ गरिएको जानकारी दिए ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने छ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौं। आज २०८२ साल फागुन २० गते बुधबार चैत कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२६ मार्च ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। रोकिएका कामहरू अघि बढ्ने संकेत छन्।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
नेपालन्युज
|
10 hours ago
काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्।
नेपालन्युज
|
10 hours ago
जेनेभा। मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मंगलबार सन्देश जारी गर्दै क्षेत्रभरि फैलिएको डर, आतंक र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताएका छन्।