नेपाल न्युज
|
31 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन्। माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन्। उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो।
नेपालन्युज
|
33 minutes ago
काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।
नेपाल न्युज
|
40 minutes ago
चितवन। माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन।
नेपालन्युज
|
59 minutes ago
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा तथा उनको टिमलाई बधाई दिँदै भट्टराईले यस परिवर्तनले समग्र राजनीतिक प्रणालीलाई नै अग्रगामी दिशातर्फ धकेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल न्युज
|
1 hour ago
म्याग्दी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
नेपालन्युज
|
1 hour ago
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नेपालन्युज
|
1 hour ago
वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
नेपाल न्युज
|
1 hour ago
चितवन। केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिदैँ चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे।
नेपालन्युज
|
1 hour ago
तनहुँ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाट धाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाट धाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसंगममा लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।
नेपालन्युज
|
2 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल न्युज
|
2 hours ago
सिरहा। सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार यहाँका १२ वटा स्वास्थ्य केन्द्रलाई बिपी सेट, स्टेथिस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन्।
नेपाल न्युज
|
2 hours ago
यस दिन दान–पुण्य गर्ने परम्पराले समाजमा सहयोग, करुणा र सहअस्तित्वको भावना जागृत गर्ने र विपन्न तथा असहायलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उनको भनाइ छ ।
सीपी खनाल
|
2 hours ago
नेपाल न्युज
|
2 hours ago
काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन्। लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो।
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
नेपालन्युज
|
2 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् । बुधबार अबेर राति शर्मा र भुसाललाई सर्वसम्मत उपसभापति चयन गरिएको हो । गगन थापा सभापतिमा चयन हुँदा सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ सर्वसम्मत चयन बताएका छन् ।
नेपालन्युज
|
2 hours ago
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरेका हुन्।
नेपालन्युज
|
8 hours ago
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले ३५ जना खुला केन्द्रीय सदस्य चयन गरेको छ। विशेष महाधिवेशनले बुधबार राति गगनकुमार थापाको सभापतित्वमा १३४ सदस्यीय अन्तरिम कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन्। शर्मा थापानिकट हुन् भने भुसाल संस्थापन पक्षबाट विद्रोह गरेर विशेष महाधिवेशनमा आएकी हुन्।