आज तराईमा हुस्सु र कुहिरो, पहाडमा बादल
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।