भरतपुरमा म्याजिकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपालन्युज
|
6 hours ago
चितवन। भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै म्याजिकको ठक्करबाट सोमबार पैदलयात्रुको मृत्यु भएको छ।
गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना १ ज ८५२५ नम्बरको म्याजिकले पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि म्याजिक चालक फराक रहेको र उनको खोजी भइरहेको छ।