npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

ड्युटीमै बेहोस भएका मतदान अधिकृतको मृत्यु

नेपालन्युज 2 hours ago

सर्लाही। सर्लाहीमा मतदान अधिकृतका रूपमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीमै रहेकाबेला मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोजकुमार राईका अनुसार मृत्यु हुनेमा रौतहट माधवनारायण नगरपालिका ६ का ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो छन्।

उनी सर्लाही बरहथवा नगरपालिका ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए।

सर्लाहीको पर्सा गाउँपालिका ४‚ जिगडवास्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा कार्यरत रहेका बेला मंगलबार दिउँसो २ बजे उनी अचानक बेहोस भएका थिए।

बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको थियो। अस्पतालमा उनलाई चिकित्सकले साढे २ बजे मृत घोषणा गरेका थिए।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्व पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category