npl.977 Nepal News Stream

#प्रदेश-१

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार

ईश्वर थापा 8 hours ago

धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।

जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आएका छन् । त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्छन् ।

सोमबारदेखि नै धनकुटा बजार चकमन्न देखिन थालेको छ । बजार सुनसान भएपछि धनकुटामा सोमबार होलीको रौनक नै देखिएन् । निर्वाचनको माहोल सुरु भएसँगै बजारमा बस्ने नेता–कार्यकर्ता र विद्यार्थीहरू प्रायः सबैजसो गाउँ फर्किएका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरु मतदान केन्द्रमा खटिएपछि बजार थप सुनसान बनेको हो ।

हाल धनकुटा बजारमा नागरिकको चाप उल्लेख्य रूपमा घटेको छ । सदरमुकामका अधिकांश होटल तथा पसलहरू बन्द हुन थालेका छन् । मतदानका लागि नागरिक आ–आफ्ना मतदान केन्द्रमा पुगेसँगै गाउँघर भने भरिभराउ भएका छन् ।

व्यापारिक केन्द्रका रुपमा परिचित धनकुटा बजारमा गाउँगाउँबाट विद्यार्थी अध्ययनका लागि, कर्मचारी रोजगारीका लागि तथा राजनीतिक दलका नेता–कार्यकर्ता राजनीतिक गतिविधिका लागि बस्ने गरेका छन् । तर, अहिले निर्वाचन केन्द्रित गतिविधिका कारण दलका नेता–कार्यकर्ता गाउँतिर होमिएका छन् । सधैंजसो बजार, पसल, चोक तथा चिया पसलमा हुने चुनावी चर्चा–परिचर्चा हुने स्थानहरू समेत अहिले सुनसान देखिन्छन् ।

धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेश बाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन् ।

The post मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मतदान केन्द्रमा खटिए कर्मचारी

ईश्वर थापा 8 hours ago

धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदानस्थलतर्फ खटिएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्लामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावलीलगायतका ५१ प्रकार सामग्री बुझेर आ–आफ्ना केन्द्रतर्फ गएका हुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाको तथ्याकं अनुसार धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका हुन् । ७ वटा स्थानीय तह रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको छ ।

निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदान स्थालमा एक सय ६६ मतदान केन्द्र रहेका छन् । यस्तै धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । धनकुटामा निर्वाचनका लागि सुरक्षाकर्मी र निर्वाचन प्रहरी बाहेक एक हजार २ जना कर्मचारी खटिएका हुन् ।

हरेक मतदान केन्द्रमा सोमबार बेलुकासम्म कर्मचारी पुगिसक्नुपर्ने भएकाले धनकुटा सबै कर्मचारी सोमबार मात्रै खटिएका हुन् । यसअघि मतदानमा खटिने अधिकृत र सहायक अधिकृतलाई १४ र१५ गते तालिम दिइएको थियो भने १६ र १७ गते निर्वाचन सामग्री बुझेको जिल्ला निवार्चन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले सोमबार नै मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निशेध गर्ने सुचना जारी गर्ने, मादक पदार्थ बिक्रि वितरण र सेवन निशेधको सुचना र हातहतियार निशेधको सुचना जारी गर्ने श्रेष्ठले जानकारी दिए ।

मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन र निर्वाचन कार्यालयले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन् ।

The post मतदान केन्द्रमा खटिए कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category