npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: चेल्सी र रिब्स उपाधिनजिक, फाइनल शनिबार

Mukunda Ghimire | 2 hours ago
काठमाडौं। चेल्सी वर्ल्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। चेल्सीले आयोजक केएमसीलाई २९–११ ले हरायो। चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन्। रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो। रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन्।

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई, हात पारे १ लाख ७० हजार

Mukunda Ghimire | 2 hours ago
काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्। शुक्रबार सम्पन्न अन्तिम राउन्डमा ३-अन्डर ६७ को कार्ड बनाएका उनले समग्रमा ५४ होलको खेल १५-अन्डर १ सय ९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि रक्षा गर्न सफल भएका हुन्।

गगनको पक्षमा निर्वाचन आयोगको फैसला मान्य छैन : पूर्णबहादुर खड्का

Sahayog Ranjit | 4 hours ago
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापालाई सभापतिको मान्यता दिएपछि उनले आयोगको निर्णय नमान्ने बताएका हुन्। शेरबहादुर देउवा पक्षबाट आयोग पुगेका उनले आयोगले गगनको पक्षमा निर्णय गरे देशभर आन्दोलन गर्ने धम्की दिएका थिए।

निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई दियो मान्यता

Basudev Timalsina | 4 hours ago
काठमाडौं। नेपाली कांग्रेसको विधान महाधिवेशनबाट निर्वाचित कार्यसमितिले मान्यता पाएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। आयोगका पदाधिकारीको शुक्रबार अपराह्नदेखि साँझसम्म बसेको बैठकले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको स्रोतले बतायो। The post निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई दियो मान्यता appeared first on BIZMANDU.

नारायणघाट-पथलैया सडकको डीपीआर अड्कियो, भायडक्ट बनाउन पैसा कसले हाल्ने भन्नेमा विवाद

Shukra Giri | 5 hours ago
काठमाडौं। नारायणघाट-हेटौंडा-पथलैया सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अड्किएको छ। यो सडकका दुई स्थानमा भायडक्ट (लामो पुल) बनाउन करिब १४ अर्ब रुपैयाँ कसले हाल्ने भन्ने विषयमा सडक विभाग र एसियाली विकास बैंक(एडीबी)बीच सहमति हुन नसक्दा डीपीआर स्वीकृत हुन नसकेको हो।

नागढुंगा सुरुङमार्गमा सेवा प्रदायक छनोट पेचिलो, जापानको चाहनाविपरीत चिनियाँ कम्पनी प्रतिस्पर्धामा

Shukra Giri | 5 hours ago
काठमाडौं। जापान सरकारको ऋण सहयोगमा निर्माण भएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ सरकारी स्वामित्वका कम्पनीले पनि आवेदन दिएका छन्। जापानले चिनियाँ कम्पनीलाई कुनै हालतमा सुरुङ मार्ग सञ्चालनको जिम्मा नदिन लबिइङ गरिरहेका बेला उत्तरी छिमेकी देशका ६ कम्पनीले आवेदन दिएका हुन्।

आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था गर्न होटल संघका अध्यक्ष शाहको माग

Basudev Timalsina | 7 hours ago
काठमाडौं। होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल व्यवसायीले भुक्तानी लिएर सञ्चालन गर्ने आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था कडाइका साथ लागू गर्नु पर्ने बताएका छन्।

लघुवित्तले ग्राहक संरक्षण कोषको रकम दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका लागि खर्च गर्न पाउने

Akash Bogati | 7 hours ago
काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषको रकमबाट दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका परिवारलाई सहयोग गर्न पाउने भएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले सर्कूलर जारी गर्दै कोषको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकहरूको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमा मात्र खर्च गर्न भनेको हो।

वर्षको आधा समय बितेपछि बैंकरमा पलायो आशा, एक महिनामा ५१ अर्ब रुपैयाँ कर्जा लगानी

Akash Bogati | 7 hours ago
काठमाडौं। वर्षको ६ महिना बितेपछि बल्ल बैंकरहरुमा केही आशा पलाएको छ। ब्याजदर निरन्तर घटाउँदा पनि पैसा थुपारेर राख्नुपरेका कारण निराश बैंकरहरु पछिल्लो महिना देखिएको ऋणको मागका कारण केही आशावादी बनेका हुन्। राष्ट्र बैंकको खुकुलो नीति र बजारमा आर्थिक गतिविधि बढेसँगै ऋणको माग बढ्न थालेको छ। मंसिरयता ऋणको माग निरन्तर बढेको बैंकरहरूले बताएका छन्।

भरतपुर महानगरले ५३ करोड खर्च गरेर बनायो अत्याधुनिक प्रशासकीय भवन, प्रचण्डले गरे उद्घाटन

Basudev Timalsina | 7 hours ago
काठमाडौं। भरतपुर महानगरपालिकाले ६ तले नयाँ प्रमुख प्रशासकीय भवन बनाएको छ। महानगरले ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च गरेर प्रशासकीय भवन बनाएको हो। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नवनिर्मित भवन उद्घाटन गरेका छन्। भवनमा इनेटेरियरको काम भने बाँकी नै छ।

६ महिनामा सवा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता, धेरै परियोजना आइटी क्षेत्रमा

Sarala Subedi | 8 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा सवा ३९ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि पुससम्म ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबर वैदेशिक प्रतिवद्धता आएको हो। विभागले ६ महिनामा ४७५ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ।

राष्ट्र बैंकले घटायो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि, ६ महिनाबाट ३ महिनामा झार्‍यो

Akash Bogati | 8 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटाएको छ। अब यस्तो कर्ताको ब्याज भुक्तानी भएको ३ महिनापछि नै स्तरोन्नति गर्न पाइने भएको हो। यसअघि, निष्क्रिय कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्नु पर्ने व्यवस्था थियो। त्यसपछि मात्रै यस्तो कर्जालाई असलमा स्तरोन्नति गर्न सकिन्थ्यो।

साफ फुटसल च्याम्पियनसिप: सरोज तामाङको दोहोरो गोलमा श्रीलंकामाथि नेपालको पुनरामगन जित

Mukunda Ghimire | 9 hours ago
काठमाडौं। साफ फुटसल च्याम्पियनमा नेपालले श्रीलंकालाई हराएको छ। थाइल्याण्डको बैङ्ककमा आज सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-१ गोलअन्तरले हरायो। खेलको १० औँ मिनेटमा मोहम्मद साजनले श्रीलंकालाई अग्रता दिलाएका थिए। तर, १५ औँ मिनेटमा सरोज तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औँ मिनेटमा फेरि सरोजले नै गोल थप्दा नेपालले जित निकाल्न सफल भयो।

खड्का ऊर्जामन्त्री हुँदाका हर्ताकर्ता अरुण केसी लगानी बोर्डको संचालक बन्दै, ‘हामी अचम्ममा पर्‍यौं’

Bigyan Adhikari | 9 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सरकारले अरुण केसीलाई लगानी बोर्डको सदस्यमा नियुक्त गर्ने भएको छ। दीपक खड्का ऊर्जामन्त्री भएका बेला हर्ताकर्ता रहेका केसीलाई सर्वोच्च अदालतको एक न्यायाधिशको सिफारिशमा केसीलाई सदस्यमा नियुक्त गर्न लागिएको हो। उनी माउन्टेन इनर्जी संचालक हो। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।

Explore news by Category