npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सेयर बजारमा लगानी निरन्तर बढाउँदै म्युचुअल फण्ड, पुग्यो ५८ अर्ब, मुद्दतीमा शून्य

Sunil Kunwar 6 hours ago

काठमाडौं। म्युचुअल फण्डले सेयर बजारमा लगानी निरन्तर बढाएका छन्। म्युचुअल फण्डले पछिल्लो एक महिनामा सेयर बजारमा ४.०५ प्रतिशतले लगानी बढाएका हुन्।

वित्तीय विवरण सार्वजनिक गरेका खुला र बन्दमुखी गरी ५५ वटा म्युचुअल फण्डले माघ मसान्तसम्म ५८ अर्ब ६ करोड ८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

यो रकम अघिल्लो महिनासम्मको भन्दा २ अर्ब २५ करोड रुपैयाँ धेरै हो। बैंकको ब्याजदर निरन्तर ओरालो लागेपछि म्युचुअल फण्डले सेयर बजारमा लगानी ब‍ढाएका हुन्।

माघमा ३८ वटा म्युचुअल फण्डले बजारमा लगानी बढाएका छन्। आरबीबी फोकस-४० फण्डले सबैभन्दा धेरै ८५.११ प्रतिशतले लगानी बढाएको छ।

एनआइबीएल सहभागिता फण्डले सर्वाधिक ७ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ। बजारमा १६ वटा म्युचुअल फण्डले भने लगानी घटाएका छन्।

म्युचुअल फण्डले सेयर बजारमा गरेको लगानी

म्युचुअल फण्ड२०८२ माघसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी (रु लाखमा)२०८२ पुससम्म सूचीकृत कम्पनीको सेयरमा लगानी (रु लाखमा)फरक %
नबिल ब्यालेन्स फण्ड-२७९६९७७८८२.३२
नबिल ब्यालेन्स फण्ड-३१०५५५९९०१६.६१
नबिल फ्लेक्सी क्याप फण्ड१५९६७१५२१९४.९१
एनआई-३११९२२१९०९०.६८
सिटिजन्स सुपर म्युचुअल फण्ड६११९६०८४०.५८
सिटिजन्स म्युचुअल फण्ड-२४८९०४७९०२.०९
सिटिजन्स सदाबहार योजना६१५१५२३३१७.५४
ग्लोबल आइएमई ब्यालेन्स फण्ड१०४९८१०५८९-०.८६
ग्लोबल आइएमई समुन्नति योजना-२११७०३१०८६४७.७२
आरबीबी म्युचुअल फण्ड-११०२१२९९०३३.१२
आरबीबी म्युचुअल फण्ड-२७६०६७२८०४.४८
आरबीबी फोकस-४०७६१९४११६८५.११
एनआईबिएल सहभागिता फण्ड७५२८२७३०२९३.०९
एनआईबिएल समृद्धि फण्ड-२१२१२९१२१९९-०.५७
एनआईबिएल ग्रोथ फण्ड१०३८०१०३९१-०.११
मेगा म्युचुअल फण्ड-११०५८३१०५७८०.०५
एनआईबिएल स्टेबल फण्ड९५७३९७५७-१.८९
एनआईसी एसिया ब्यालेन्स्ड फण्ड४४८२४६०८-२.७३
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड९५९९८६४९१०.९८
एनआईसी एसिया सेलेक्ट फण्ड-३०१०३०८१०५३७-२.१७
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड७६०२७७०९-१.३९
एनआईसी एसिया ग्रोथ फण्ड-२७५२५७४६२०.८४
एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम४६३६३६१०२८.४२
सानिमा लार्ज क्याप८३७३९२७३-९.७१
सानिमा ग्रोथ फण्ड४७५८५२१२-८.७१
सानिमा फ्लेक्सी फण्ड२७२७२७७८-१.८४
सनराइज फर्स्ट म्युचुअल फण्ड६८८०६५५९४.८९
सनराइज फोकस्ड इक्विटी फण्ड९४३१९०७१३.९७
सनराइज ब्लुचिप फण्ड१०६३२१०४९७१.२९
लक्ष्मी उन्नति कोष५५३३५०७८८.९६
शुभलक्ष्मी कोष५२२८४३५१२०.१६
लक्ष्मी भ्यालु फण्ड-२७४०९७२७४१.८६
नेपाल लाइफ समृद्धि योजना४०५७
हिमालयन ८०-२०८१७६७९६०२.७१
प्रभु सेलेक्ट फण्ड१३१५२१३१४५०.०५
प्रभु स्मार्ट फण्ड१११३४१०९८५१.३६
प्रभु व्यवस्थित लगानी योजना३२८५३१५३४.१९
गरिमा समृद्धि योजना१०९४७१११७९-२.०८
एचएलआई लार्ज क्याप२०२९४१७५१२१५.८९
कुमारी इक्विटी फण्ड७२४९७२५१-०.०३
कुमारी धनवृद्धि योजना१०४२९१०२७४१.५१
कुमारी सुनौलो लगानी योजना७९७०७५५२५.५३
कुमारी सबल योजना६८०३६७२५१.१६
एमबिएल इक्विटी फण्ड१००६७१००२६०.४१
माछापुच्छ्रे सबल योजना२२६६२२४६०.८९
सिद्धार्थ इक्विटी फण्ड११९९७१२२९५-२.४२
सिद्धार्थ व्यवस्थित लगानी योजना२०४७०१९८८८२.९३
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२१०१४४१०४४५-२.८८
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३७१९८७१५३०.६३
रिलायबल समृद्धि योजना१०५२५९५२२१०.५३
मुक्तिनाथ म्युचुअल फण्ड-११०७१५१०३३५३.६८
एनएमबि सरल बचत फण्ड इ३७७९६३६३५१३.९८
एनएमबि-५०११०४७१०९३५१.०२
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१२०४५१२०७३-०.२३
एनएमबि हाइब्रिड एल-२८५६१८७०७-१.६८
कुल५८०६०८५५८०१०४.०५
स्रोत : म्युचुअल फण्डको ब्यालेन्स सिट

बैंकको ब्याजदर निरन्तर ओरालो लागेका कारण अधिकांश म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी शून्य बनाएका छन्। अहिले बैंकको मुद्दतीको ब्याजदर २ प्रतिशतमा झरेको छ। मुद्दतीको लगानीले लागत समेत उठ्ने नदेखिएपछि म्युचुअल फण्डले लगानीको नयाँ उपकरण खोजिरहेका छन्।

म्युचुअल फण्डले बजारमा लगानी बढाए पनि नेप्से परिसूचक भने एउटै विन्दुमा छ। बजारले उचाइ लिन नसकिरहेका बेला फण्डहरु थप लगानीका लागि पर्ख र हेरको अवस्थामा छन्।

माघसम्म म्युचुअल फण्डको बैंक मौज्दात १० अर्ब ४७ करोड रुपैयाँ छ। पुससम्मको तुलनामा यो रकम ३.३ प्रतिशत धेरै हो। पुससम्म म्युचुअल फण्डको बैंक मौज्दात १० अर्ब १४ करोड रुपैयाँ थियो।

मुद्दती निक्षेपमा माघसम्म ११ वटा म्युचुअल फण्डको लगानी ८१ करोड ४० लाख रुपैयाँ छ। यो पुससम्मको तुलनामा ५.७८ प्रतिशत कम हो। बैंकको मुद्दती निक्षेपमा ४४ वटा म्युचुअल फण्डले लगानी शून्य बनाएका छन्।

म्युचुअल फण्डको बैंक मौज्दात र मुद्दती निक्षेपमा लगानी

म्युचुअल फण्डमुद्दती निक्षेप (२०८२ पुससम्म) लाखमा बैंक मौज्दात (२०८२ पुससम्म) लाखमा फरक %
मुद्दती निक्षेप (२०८२ माघसम्म) लाखमा
मुद्दती निक्षेप (२०८२ पुससम्म) लाखमा फरक %न्याभ २०८२ माघ(रुपैयाँ)न्याभ २०८२ पुस(रुपैयाँ)
एचएलआई लार्ज क्याप१७६३८२०४६१-१३.८९.५६९.६४
नेपाल लाइफ समृद्धि योजना१५७८६९.९३
एनआईबिएल सहभागिता फण्ड८३७५८५३९-१.९२१०.२७१०.२७
आरबीबी फोकस-४०४५६८८२९३-४४.९२९.९९.९७
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड३९३३४१३८-४.९५९.८९९.८५
नबिल फ्लेक्सी क्याप फण्ड३६४७३२२०१३.२६१०.५६१०.४१
सिद्धार्थ व्यवस्थित लगानी योजना२९१९२७८६४.७७१०.५६१०.५३
एनएमबि सरल बचत फण्ड इ२७७२३४८१-२०.३७८५०८५०१०.४९१०.५१
एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम२४६३३४७४-२९.१९.८७९.८७
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड२०६१२११३-२.४६१०.०९१०.०२
सिद्धार्थ इक्विटी फण्ड२०५५१८७७९.४८१०.०५१०.०२
सानिमा लार्ज क्याप१७८७९०५९७.४६२००४००-५०१०.१५१०.१५
सानिमा फ्लेक्सी फण्ड१७७९१८९७-६.२२१०.३११०.२८
एनएमबि हाइब्रिड एल-२१६६८१३५८२२.८३१७९०२०९०-१४.३५४११०.३७१०.३६
एमबिएल इक्विटी फण्ड१५९७१४७६८.२१२००१२००१०.९४१०.८३
एनआईसी एसिया ग्रोथ फण्ड-२१५४९१५९७-३.०११०.१५१०.१४
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२१४१९१११४२७.३८१०.४४१०.४१
हिमालयन ८०-२०१३९५१५०७-७.४३११५०११५०१२.१२११.९
सिटिजन्स सुपर म्युचुअल फण्ड१३२६१३३९-०.९७४००४००१०.६१०.४७
एनआईसी एसिया सेलेक्ट फण्ड-३०१३०४१२४०५.१६९.५३९.५४
नबिल ब्यालेन्स फण्ड-२१२७८१३८८-७.९३१०.४७१०.४२
एनआईबिएल स्टेबल फण्ड१२०९१०७८१२.१५९.७७९.७५
सनराइज ब्लुचिप फण्ड११७५१२९३-९.१३९.९२९.८४
सानिमा ग्रोथ फण्ड११७२७८३४९.६८५५०५५०१०.५३१०.४८
शुभलक्ष्मी कोष११६५२१६६-४६.२११०.४१०.३६
मुक्तिनाथ म्युचुअल फण्ड-११०३३१३६८-२४.४९३००३००१०.३८१०.२३
सनराइज फर्स्ट म्युचुअल फण्ड१००९१३०२-२२.५१०.४२१०.३
सनराइज फोकस्ड इक्विटी फण्ड९४८१२२५-२२.६११०.६८१०.५४
गरिमा समृद्धि योजना८९८४५७९६.५३००३००१०.३७१०.१
लक्ष्मी उन्नति कोष८९७१३३५-३२.८११०.०६१०.०३
रिलायबल समृद्धि योजना८९५२०१३-५५.५४१०००१०००१०.७७१०.६५
कुमारी धनवृद्धि योजना८२४९५६-१३.८११०१०.९५
माछापुच्छ्रे सबल योजना८०३६२३२८.८९१०.०२९.९९
आरबीबी म्युचुअल फण्ड-२७८९१२१३-३४.९५१०.७११०.७
एनआईबिएल समृद्धि फण्ड-२७८२६३७२२.७६९.८२९.७८
सिटिजन्स म्युचुअल फण्ड-२७५१९९६-२४.६१०.२८१०.०४
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३७४७८५६-१२.७३१०.७९१०.७७
एनआईबिएल ग्रोथ फण्ड७४३७७८-४.५९.७९९.७७
आरबीबी म्युचुअल फण्ड-१७४२९९२-२५.२१०.०२१०.०२
लक्ष्मी भ्यालु फण्ड-२७३३८९६-१८.१९१०.३११०.२४
एनआई-३१७२०६०७१८.६२१०.१९१०.०८
मेगा म्युचुअल फण्ड-१६२३५७१९.११९.५८९.५५
एनआईसी एसिया ब्यालेन्स्ड फण्ड६०५५५५९.०११०.०३१०.०४
कुमारी सुनौलो लगानी योजना५१५८१०-३६.४२११.२७११.२५
कुमारी सबल योजना५०६६०५-१६.३६१०१०.२६
नबिल ब्यालेन्स फण्ड-३५०५११५६-५६.३११०.३२१०.२
प्रभु व्यवस्थित लगानी योजना५०१६७४-२५.६७१०.१३१०.१
कुमारी इक्विटी फण्ड४८२४१९१५.०४१०१०.०८
प्रभु सेलेक्ट फण्ड३९४४००४००१२.०५१२
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२३८८४१५-६.५१११.६३११.६३
एनएमबि-५०३६४४८९-२५.५६१०.३२१०.३१
सिटिजन्स सदाबहार योजना३४४१६२४-७८.८२१०.३१०.१२
प्रभु स्मार्ट फण्ड१७९३१८-४३.७११२.३२१२.२९
ग्लोबल आइएमई ब्यालेन्स फण्ड११.७८११.६८
ग्लोबल आइएमई समुन्नति योजना-२ – ९.९१ ९.८२
कुल१०४७६०१०१४१३३.३८१४०८६४०-५.७८
स्रोत : म्युचुअल फण्डको ब्यालेन्स सिट

ब्याजदर घटेपछि सेयर बजारमा लगानी बढाएका म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य पनि बढेको छ। माघमा ४२ वटा म्युचुअल फण्डको न्याभ बढ्दा ७ वटाको घटेको छ। ६ वटा म्युचुअल फण्डको न्याभ स्थिर देखिएको छ।

The post सेयर बजारमा लगानी निरन्तर बढाउँदै म्युचुअल फण्ड, पुग्यो ५८ अर्ब, मुद्दतीमा शून्य appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category