Sairam Uparkoti
|
45 minutes ago
काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी) ९एन एकेएक्स कलसाइनको न्यारोबडी जहाज इजरायलमा अड्किएको छ। एनएसीले भाडाको इन्जिन फिर्ता गरी आफ्नो इन्जिन जडानका लागि दुई साताअघि पठाएको जहाज उतै अड्किएको हो। एनएसीका कार्यवाहक महाप्रबन्धक अमृतमान श्रेष्ठले सबै पैसा भुक्तानी भइनसकेका कारण जहाज ल्याउन ढिलाइ भएको बताए। उनले अबको एक सातामा जहाज नेपाल आउने दाबी गरे।
Basudev Timalsina
|
1 hour ago
Hem Rokaha
|
1 hour ago
काठमाडौं। नेपाल र बंगलादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठकमा द्विपक्षीय व्यापार बढाउन व्यापारसम्बन्धी अवरोध घटाउने विषयमा छलफल भएको छ। बुधबार सम्पन्न बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले व्यापारसम्बन्धी अवरोध घटाउनुपर्ने विषयमा जोड दिएका थिए। उनले अन्य शुल्क र खर्च कम गर्न आवश्यक रहेको समेत बताए।
Basudev Timalsina
|
2 hours ago
Hem Rokaha
|
2 hours ago
Mukunda Ghimire
|
2 hours ago
Akash Bogati
|
3 hours ago
काठमाडौं। बैैंकहरुको कर्जा असुलीमा मंसिरयता सुधार देखिएको छ। घट्दो ब्याजदरले उपभोग वृद्धि भइ आर्थिक गतिविधि बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा सुधार देखिएको हो। गैर बैंकिङ सम्पत्तिको विक्रीले पनि कर्जा असुलीमा टेवा दिएको छ। बैंकरहरुले उपभोगमा वृद्धि र गैर बैंकिङ सम्पत्तिको बिक्री बढेका कारण ऋण असुलीमा सुधार भएको बताए।
Hem Rokaha
|
3 hours ago
सिरहा। नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर-कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको ५ वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६.८३ किलोमिटर लामो यो खण्डको काम ३ पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन।
Basudev Timalsina
|
3 hours ago
Sarala Subedi
|
3 hours ago
काठमाडौं। नमुना परीक्षणमा न्यून गुणस्तरको पाइएका झापाका दुई कम्पनीका म्याङ्गो ड्रिंक्स र चियाका सम्बद्ध ब्याच बेचबिखन रोकेर बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ। झापाको हाइजेन प्याक्स नेपालद्बारा उत्पादित २०० एमएलको एनएमआर१०७एमएल ब्याचको म्याङ्गो ड्रिंक्स र मोडर्न टी इन्डस्ट्रिजको ‘रोयल असम’ ब्राण्डको ५०० ग्रामको ब्याच डब्ल्युसी३३०पी चिया न्यूनस्तरको भेटिएको हो।
Basudev Timalsina
|
3 hours ago
काठमाडौं। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएको छ। महाधिवेशनबाट गगनको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले विश्वप्रकाशलाई चुनावी कमाण्डर बनाएको हो। बैठकले केन्द्रीय सदस्य देवराज चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। चालिसेका अनुसार गगनको नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति र विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरिएको छ।
Prakash Bhandari
|
4 hours ago
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिथ्या सूचना प्रवाह रोक्न आयोग संवेदनशील भएर काम गरिरहेको बताएका छन्। निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण भएकाले यसमा गम्भीरतापूर्वक ध्यान दिइएको उनको दाबी छ। एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको बिहीबार उद्घाटन गर्दै उनले प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताए।
Sabin
|
4 hours ago
काठमाडौं। सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखामा भएको लुटपाटको घटना अनुसन्धानका क्रममा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहीबार बिहान सुनकोसी गाउँपालिका-५ बाट एक जनालाई पक्राउ गरेको हो। लुटपाटपछि लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिप्रका सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। घटना गत मंगलबार साँझ भएको थियो।
Sabin
|
5 hours ago
काठमाडौं। ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातन महान् अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते दिउँसो १२ बजे बालुवाटार’ भन्दै केही दिनदेखि धेरैको मोबाइल सेटमा एउटा म्यासेज आयो। म्यासेजमा निर्देश सेढाई देखिन्थ्यो। त्यो म्यासेज आएको केही दिनमा नै प्रहरीले निर्देशलाई पक्राउ गर्यो।
Sarala Subedi
|
5 hours ago
काठमाडौं। लगातार उच्चको कीर्तिमान बनाएको सुनको भाउमा बिहीबार तोलाको १ हजार ५ सय रुपैयाँ घटेको छ। कारोबार मूल्य २ लाख ७६ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लगातार उच्च भएको सुनको मूल्यमा पाँच दिनपछि गिरावट देखिएको हो।
Prakash Bhandari
|
6 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा पक्षको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बुधबार निर्वाचित नयाँ कार्यसमितिको बसेर आज उनीहरु निर्वाचन आयोग जाने तयारीमा छन्। विशेष महाधिवेशनले थापाको नेतृत्वमा केन्द्रीय समिति चयन गरेको थियो। थापा सभापति रहेको विवरण अद्यावधिक गराउन उनीहरु बिहीवार नै निर्वाचन आयोग जाने तयारीमा लागेका हुन्।
Bhim Ghimire
|
6 hours ago
इटहरी (सुनसरी)। सुनसरीको भोक्राहामा बिहीबार बिहान ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राह-नर्सिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा दुर्घटना भएको हो। दुर्घटना मृत्यु हुनेमा सुनसरीको बर्जु-१ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Bhim Ghimire
|
7 hours ago
काठमाडौं। राष्ट्रिय आर्थिक गणना २०८२ मा स्थलगत तथ्यांक संकलन तथा सुपरिवेक्षणका लागि राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख्य संख्यामा सुपरिवेक्षक र गणक लिने भएको छ। साढे दुई महिनाको कामका लागि करारमा ५२६ सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक लिइने भएको हो। यसका लागि कार्यालयले बिहीबार सूचना जारी गरेको छ।
Masta KC
|
7 hours ago
Masta KC
|
8 hours ago
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा ३.०२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।