npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

खाडी मुलुकमा बमबारीले नेपालको अर्थतन्त्र प्रभावित हुने, राष्ट्र बैंकले देख्यो यी चुनौती

Basudev Timalsina | 20 minutes ago
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले खाडी मुलुकको तनावका कारण नेपालको अर्थतन्त्रमा फेरी चुनौती थपिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा उनले अहिलेको तनावले रेमिटेन्समा बढी असर गर्ने बताए।

खाडी मुलुकको तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन : व्यवसायी घिमिरे

Basudev Timalsina | 45 minutes ago
काठमाडौं। पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले खाडी मुलुकको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा घिमिरेले इन्धनको उत्पादन घटेर आपूर्ति श्रृंखला प्रभावित भए पनि नेपालमा तत्कालै अभाव नहुने बताए।

ललितपुरमा रेष्टुरेन्ट संचालित भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

Sahayog Ranjit | 45 minutes ago
काठमाडौं । ललितपुरको एक भवनमा आगलागी भएको छ। भवनको माथिल्लो तल्लामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणका लागि ३ वटै जिल्लाको बारुण यन्त्र पुगेको एसएसपी हविन्द्र बोगटीले जानकारी दिए। दाउरा थकाली रेष्टुरेन्ट संचालनमा रहेको भवनमा अरु व्यवसाय पनि संचालनमा छ। आगलागी भएको भवनबाट ग्यास पड्किएको आवाज आइरहेको छ।

दोहोरो आइजीनको विकल्प खोज्दै सेबोन, संस्थापक र साधारण सेयर ट्र्याकिङका लागि छुट्टै व्यवस्था

Sunil Kunwar | 1 hour ago
काठमाडौं। दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पठाएको प्रस्ताव सात महिनादेखि होल्ड गरेको नेपाल धितोपत्र बोर्ड(सेबोन) विकल्प खोज्नतिर लागेको छ। सीडीएससीले पठाएको धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा ७ महिनादेखि होल्ड गरेको सेबोनले दोहोरो आइजीनको विकल्पमा छलफल थालेको छ।

चुनावअघिको सेयर बजारमा ३८.५२ अंकको फराकिलो बढोत्तरी, ६ अर्ब २३ करोडको कारोबार

Sunil Kunwar | 1 hour ago
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अघिको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से मंगलबार ३८.५२ अंक बढेर एक महिना अघिको विन्दुमा पुगेको हो। बजार सूचक मंगलबार २७१२.४९ विन्दुमा पुगेको छ। यसअघि माघ ६ गते २७१४ अंकमा थियो। १३ मध्ये व्यापार बाहेकका सबै उपसमूह बढ्दा बजार सूचक माथि उक्लिएको हो।

घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ४७.८० लाख कित्ता

Sunil Kunwar | 1 hour ago
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा घोराही सिमेन्ट र हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र २ लाख १२ हजार ६७९ कित्ता बोनस सेयर थपिएको हो। घोराही सिमेन्टले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

फेब्रुअरीमा आएका विदेशी पर्यटकको वास्तविक संख्या कति? विभाग र बोर्डको तथ्यांक फरक

Sairam Uparkoti | 1 hour ago
काठमाडौं। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक फरक परेको छ। विभागले फेब्रुअरी महिनामा १ लाख १५ हजार ४४२ विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको भोलिपल्ट बोर्डले १ लाख ५ हजार ४४१ पर्यटक आएको विवरण सञ्चार माध्यमलाई उपलब्ध गराएको छ। विदेशी पर्यटक भित्रिएको तथ्यांक राख्ने निकाय विभाग हो।

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, कालोसूचीमा नाम

Prakash Bhandari | 1 hour ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा -१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले साह विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरेर उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन्।

सेयर बजारमा लगानी निरन्तर बढाउँदै म्युचुअल फण्ड, पुग्यो ५८ अर्ब, मुद्दतीमा शून्य

Sunil Kunwar | 2 hours ago
काठमाडौं। म्युचुअल फण्डले सेयर बजारमा लगानी निरन्तर बढाएका छन्। म्युचुअल फण्डले पछिल्लो एक महिनामा सेयर बजारमा ४.०५ प्रतिशतले लगानी बढाएका हुन्। वित्तीय विवरण सार्वजनिक गरेका खुला र बन्दमुखी गरी ५५ वटा म्युचुअल फण्डले माघ मसान्तसम्म ५८ अर्ब ६ करोड ८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित

Sairam Uparkoti | 2 hours ago
काठमाडौं। यती एयरलाइन्सले चुनावको दिन उडान बन्द गर्ने भएको छ। एयरलाइन्सले मंगलबार सूचना जारी गर्दै २१ गते आन्तरिक उडान बन्द गर्ने जानकारी दिएको छ। निर्वाचन आयोगले चुनावका दिन आन्तरिक उडान निरन्तर हुने बताएकामा यतीले भने त्यस दिनका सबै उडान स्थगित गर्ने बताएको हो। The post यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित appeared first on BIZMANDU.

कतारले ग्यास उत्पादन बन्द गर्दा विश्वभर हलचल, एसियामा पर्नेछ ठूलो असर

Sahayog Ranjit | 4 hours ago
अमेरिका र इजरायलको आक्रमणपछि इरानले सुरु गरेको जवाफी कारबाहीले कच्चा तेलसँगै प्राकृतिक ग्यासको बिक्री वितरणमा समेत असर पर्ने भएको छ। इरानी ड्रोन आक्रमणपछि कतार इनर्जीले आफ्नो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोकेको छ। यसले विश्वव्यापी ग्यास बजारमा दबाब सिर्जना गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार सोमबार इरानी ड्रोनहरुले दुईवटा स्थानमा आक्रमण गरेका थिए।

सुपर-८ बाट बाहिरिए तर विश्वकपबाट घर फर्कन सकेनन् जिम्बाब्वे र वेस्ट इण्डिज

Mukunda Ghimire | 4 hours ago
काठमाडौं। खाडीको युद्धको प्रभाव आईसीसी टी-२० विश्वकपमा पनि परेको छ। युद्धको स्थितिपछि खाडी क्षेत्रमा हवाई क्षेत्र बन्द भएपछि २०२६ टी–२० विश्वकप खेलिरहेका टोलीहरू प्रभावित भएका हुन्। जिम्बाब्वे यसबाट प्रत्यक्ष प्रभावित हुने पहिलो टोली बनेको छ। दक्षिण अफ्रिकाविरुद्ध आइतबार अन्तिम खेल खेलेपछि उनीहरू अनिश्चितकालसम्म भारतमै बस्न बाध्य भएका छन्।

उकालो लाग्दै सुनको मूल्य, आज तोलामा २ हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो

Sarala Subedi | 5 hours ago
काठमाडौं । खाडी संकटसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि स्थानीय बजारमा चार दिनदेखि सुनको भाउ लगातार उकालो लागिरहेको मंगलबार सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

Basudev Timalsina | 5 hours ago
काठमाडौं। जानकी फाइनान्सले दिनेशकुमार शर्मालाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ। फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले शर्मालाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। The post जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति appeared first on BIZMANDU.

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ८.७० प्रतिशत बोनस सेयर दिने

Basudev Timalsina | 5 hours ago
काठमाडौं। प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको ९.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। इन्स्योरेन्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले ८.७० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

नयाँ बानेश्वरको सिभिल अस्पताल अगाडि टिप्परले ठक्कर दिंदा घाइते स्कुटर चालकको मृत्यु

Sabin | 6 hours ago
काठमाडौं। नयाँ बानेश्वरमा फोहोर बोकेको टिप्परको ठक्करले गम्भीर घाइते एकजना स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान पौने ९ बजे भएको दुर्घटनामा भक्तपुरको लोकन्थली बस्ने सुनसरीको इनरुवाका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ। गेटै अगाडि सडकमा भएको दुर्घटना लगत्तै घाइतेलाई सिभिल अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषित गरेका हुन्।

काठमाडौंको छुट्टाछुट्टै ठाउँमा दुईवटा गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहले जलाएको शंका

Sabin | 6 hours ago
काठमाडौं। काठमाडौंको दुई स्थानमा गाडी आगजनी भएको छ। मंगलबार बिहान करिब ३ बजेतिर सुकेधारा र नैकापमा गाडी आगजनी भएको अवस्थामा फेला परेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी प्रवीण धितालका अनुसार नैकापमा बीएए २८३६ नम्बरको गाडी र सुकेधारामा भने बा७ च १४०१ नम्बरको गाडीमा आगजनी भएको पाइएको हो। घटना अनुसन्धान भइरहेको छ।

Explore news by Category