प्रधानसेनापति सिग्देल निर्वाचनको सुरक्षाप्रति सतर्क, कमजोरी हुन नदिन दिए निर्देशन
Basudev Timalsina
|
3 hours ago
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन्।
उनले मंगलबार सेनाको उपत्यका पृतनाको निरीक्षण गर्दै निर्वाचनको सुरक्षामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनको सुरक्षाका लागि पृतनाले गरेको तयारीबारे जानकारी पनि लिए।
निर्वाचनको सुरक्षाका लागि सेना यसअघि नै फिल्डमा उत्रिसकेको छ। प्रधानसेनापति सिग्देलले यसअघि अरु पृतनामा पुगेर निर्वाचन सुरक्षाको जानकारी लिनुका साथै निर्देशन दिएका थिए।
The post प्रधानसेनापति सिग्देल निर्वाचनको सुरक्षाप्रति सतर्क, कमजोरी हुन नदिन दिए निर्देशन appeared first on BIZMANDU.