npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाल र खाडी मुलुकबीच ४ दिनदेखि छैन हवाई सम्पर्क, १०७ वटा उडान अवतरण रद्द

Sairam Uparkoti 2 hours ago

काठमाडौं। खाडी मुलुकमा भएको बमबारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ३१ वटा उडान अवतरण रद्द भएका छन्। 

विमानस्थल कार्यालयका अनुसार ७ वटा एयरलाइन्सका ३१ वटा उडान अवतरण रद्द भएका हुन्। जजिरा एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, कुवेत एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरवेजको उडान अवतरण रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।

सोमबार पनि ३१ वटा उडान अवतरण रद्द गरिएको थियो। 

आफूमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले खाडी मुलुकमा जवाफी आक्रमण गरेको प्रभावस्वरुप शनिबार काठमाडौंमा १८ वटा र आइतबार २७ वटा उडान अवतरण रद्द भएको थियो।  

The post नेपाल र खाडी मुलुकबीच ४ दिनदेखि छैन हवाई सम्पर्क, १०७ वटा उडान अवतरण रद्द appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category