त्रिभुवन विमानस्थलमा एक महिनामा १० हजार उडान अवतरण, आन्तरिकतर्फ ७ हजारभन्दा धेरै
Sairam Uparkoti
|
6 hours ago
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा करिब १० हजार उडान अवतरण भएको छ। विमानस्थल कार्यालयका अनुसार फेब्रुअरीमा ९ हजार ८१६ उडान अवतरण भएको हो।
अन्तर्राष्ट्रियतर्फ २ हजार ७९९ र आन्तरिकतर्फ ७ हजार १७ उडान अवतरण भएको कार्यालयले जनाएको छ। त्रिभुवन विमानस्थलबाट विभिन्न देशमा १३ सय ९४ उडान हुँदा विभिन्न देशबाट काठमाडौंमा १४ सय ५ वटा उडान भएको छ।
आन्तरिकतर्फ त्रिभुवन विमानस्थलबाट ३ हजार ५११ उडान हुँदा ३ हजार ५०६ वटा अवतरण भएको छ।
The post त्रिभुवन विमानस्थलमा एक महिनामा १० हजार उडान अवतरण, आन्तरिकतर्फ ७ हजारभन्दा धेरै appeared first on BIZMANDU.