npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, कालोसूचीमा नाम

Prakash Bhandari 3 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा -१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोगले साह विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरेर उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन्।

साह बैंक तथा वित्तिय संस्थाको कालोसूचीमा रहेको भन्दै उजुरी परेको थियो। आयोगले उक्त उजुरीबारे जाँचबुझ गर्दा साहको नाम कालोसूचीमै रहेको पाइएपछि खारेज भएको हो।

‘कालोसूचीमा रहेको देखिएपछि खारेज भएको छ,’ उनले भनिन्।

धनुषा-१ मा नेकपा (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ।

The post धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, कालोसूचीमा नाम appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category