npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

फेब्रुअरीमा आएका विदेशी पर्यटकको वास्तविक संख्या कति? विभाग र बोर्डको तथ्यांक फरक

Sairam Uparkoti 4 hours ago

काठमाडौं। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक फरक परेको छ।

विभागले फेब्रुअरी महिनामा १ लाख १५ हजार ४४२ विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको भोलिपल्ट बोर्डले १ लाख ५ हजार ४४१ पर्यटक आएको विवरण सञ्चार माध्यमलाई उपलब्ध गराएको छ।

विदेशी पर्यटक भित्रिएको तथ्यांक राख्ने निकाय विभाग हो। विभाग र बोर्डले उपलब्ध गराएको तथ्यांकमा पोहोर फेब्रुअरीको पर्यटकको संख्या भने फरक परेको छैन।

पोहोर फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डका अनुसार फ्रेबुअरीमा सबैभन्दा धेरै २२ हजार ७४५ भारतीय पर्यटक नेपाल आएका छन्।

यस्तै, चीनबाट १० हजार ८१६, अमेरिकाबाट ९ हजार ७१०, श्रीलंकाबाट ७ हजार ५१५, म्यानमारबाट ६ हजार ३५, बेलायतबाट ५ हजार ६१८, अस्ट्रेलियाबाट ४ हजार १२६, थाइल्यान्डबाट ३ हजार ६३८, बंगलादेशबाट ३ हजार २१२ र जर्मनीबाट २ हजार ८५० पर्यटक आएको बोर्डको तथ्यांक छ।

The post फेब्रुअरीमा आएका विदेशी पर्यटकको वास्तविक संख्या कति? विभाग र बोर्डको तथ्यांक फरक appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category