क्यानले जारी गरेका प्रवेश पास भएकालाई निर्वाचनको दिन सवारीसाधन पास नचाहिने
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट जारी भएको विमानस्थलको निषेधित क्षेत्रसम्म जाने प्रवेश पास भएका व्यक्तिलाई चुनावका दिन सवारीसाधन पास आवश्यक नपर्ने भएको छ।
निर्वाचन आयोगले उक्त पास भएका व्यक्तिलाई सवारीसाधन अनुमित पास आवश्यक नपर्ने गरी गृह मन्त्रालयमा पत्राचार गरेको हो। प्राधिकरणको आग्रहमा आयोगले सो निर्णय गरेको हो।
सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि अनुसार आयोगले सहजीकरण गरेको हो।
निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म आउजाउ गर्न सो व्यवस्था मिलाएको हो।
आयोगले सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिहरु ओसारपसार नगर्नु पनि आग्रह गरेको छ। आग्रह विपरीत गरे/गराइएको पाइए सवारीसाधन सञ्चालनमा रोक लगाइने पनि आयोगले जनाएको छ।
The post क्यानले जारी गरेका प्रवेश पास भएकालाई निर्वाचनको दिन सवारीसाधन पास नचाहिने appeared first on BIZMANDU.