npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

तेल अर्थतन्त्र धानेको ‘स्ट्रेट अफ हुर्मुज’ बन्द , पानीजहाज देखिए आक्रमण गर्ने इरानको चेतावनी

Sahayog Ranjit 10 hours ago

काठमाडौं । विश्वको तेल अर्थतन्त्र धानेको स्ट्रेट अफ हुर्मुज बन्द भएको छ। इरानको रिभोलुस्नरी गार्ड कर्पले स्ट्रेट अफ हुर्मुज बन्द भएको जनाएको हो।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अहिले इरानले जवाफी कारबाही स्वरुप खाडी देशमा रहेको अमेरिकी दूतावास र सैन्य क्याम्पमा आक्रमण गरिरहेको छ।

आक्रमणको सिलसिला बढ्दा त्यसले तेल आयात निर्यात हुने स्ट्रेट अफ हुर्मुजमा असर पर्न सक्ने आंकलन थियो। इरानको रिभोल्नुसनरी गार्डले यो क्षेत्र बन्द भएको घोषणा गर्दै यहाँबाट आवतजावत गर्न खोज्ने कुनै पनि पानीजहाज वा ट्यांकरलाई आक्रमण गर्ने चेतावनी दिएको छ।

हालसम्म स्ट्रेट अफ हुर्मुज पूर्णकालीन रुपमा कहिलै पनि बन्द भएको थिएन।

The post तेल अर्थतन्त्र धानेको ‘स्ट्रेट अफ हुर्मुज’ बन्द , पानीजहाज देखिए आक्रमण गर्ने इरानको चेतावनी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category