npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

Nepal Watch | 7 hours ago
काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के-कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ। त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ।

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

Nepal Watch | 7 hours ago
काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् ।

फागुन २१ को निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

Nepal Watch | 8 hours ago
काठमाडौं -फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। आयोगका अनुसार आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताएको छ। निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्ति समेत तोकेको छ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

Nepal Watch | 8 hours ago
पर्वत। पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ। राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो। पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

Nepal Watch | 9 hours ago
सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइँ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।

देउवा पक्षका नेताहरू पुगे निर्वाचन आयोग

Nepal Watch | 9 hours ago
काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्। विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण नेपाली, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

Nepal Watch | 9 hours ago
काठमाडौँ – भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटमा मचाडोले पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। भेटपछि उनले यो दिन भेनेजुएलाका लागि ऐतिहासिक भएको बताइन्।

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

Nepal Watch | 10 hours ago
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।

आजदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने

Nepal Watch | 22 hours ago
काठमाडौं । आजदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न पाइँदैन । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो ।

कांग्रेसमा शेरबहादुरलाई अहिले जबरजस्ती निकालेजस्तै मलाई पनि गर्न खोजेका थिए: ओली

Nepal Watch | 22 hours ago
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।

Explore news by Category