npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धताका लागि कांग्रेसको आह्वान

Nepal Watch 18 hours ago

काठमाडौं । नेपाली कांग्रेसले मतपेटिका खोल्नुअगाडि प्रधानमन्त्रीका उमेदवारहरूबीच साझा प्रतिबद्धताका लागि आह्वान गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिका तर्फबाट संयुक्त रूपमा गरेको प्रेसमिटमा मतगणनापूर्व सांसदले गर्ने कामका विषयमा साझा प्रतिबद्धता जाहेर गर्न प्रस्ताव गरेको हो ।

कांग्रेस उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले सबै दललाई यस्तो आह्वान गरेका हुन् ।

“हामीले उमेदवारहरूबीच बहसको आह्वान गरेकै थियौँ । तर, अन्य दलका उमेदवारहरूका कारण यो सम्भव हुन सकेन,” शर्माले भने, “अब बाकस खोल्नुपूर्व बहसका लागि तयार हो ?”

साझा प्रतिबद्धताका लागि पनि कांग्रेस तयार रहेको उनले बताए । उपसभापति शर्माले आगामी निर्वाचनबाट कसैको बहुमत नआएमा के गर्ने ? पहिलो बैठकबाट कार्यान्वयन गर्ने साझा सहमतिका मुद्दाहरू के-के हुन सक्छन् ? ती विषयमा बहससहित साझा प्रतिबद्धता बनाउँदा देशको हितमा हुने बताए ।

Read more news from NepalWatch

Explore by Source or Category