npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

१० वर्षे जेल बसाइ: छिर्दा ‘कैदी’, निस्कँदा ‘हेडमास्टर’

Nepal Watch | 48 minutes ago
काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन (सूचीसहित)

Nepal Watch | 1 hour ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले बहुमतबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा चुनिएका छन् । त्यस्तै, उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

Nepal Watch | 9 hours ago
काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो ।

लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः फुट्यो कांग्रेस

Nepal Watch | 10 hours ago
काठमाडौँ । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

Nepal Watch | 13 hours ago
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।

कांग्रेस विवाद : निर्णायक छलफलमा जुटे देउवा र महामन्त्रीद्वय

Pushpa Dhungana | 23 hours ago
काठमाडौं । कांग्रेस विवादको समाधान निकाल्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा निर्णायक छलफलमा जुटेका छन् । विशेष महाधिवेशन र संस्थापन पक्षधर नेताबीच सहमतिका लागि विभिन्न चरणमा भएका हिजो र अस्तिका वार्ताले निकास निकाल्न नसकेपछि पार्टी सभापति देउवा र महामन्त्रीद्वय निर्णायक संवादमा जुटेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Nepal Watch | 1 day ago
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। मंगलबार बिहान ११ बजेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर बुधवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो ।

काठमाडौँको तापक्रम २.७ डिग्री सेल्सियस

Nepal Watch | 1 day ago
काठमाडौँ। आज काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो। तापक्रम घटेसँगै काठमाडौँमा चिसो बढेको छ। यद्यपि पछि बिहान ८:४५ बजे घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।

ट्रम्पले इरानी प्रतिनिधिसँगको छलफल रद्द गरे, प्रदर्शनकारीलाई छिट्टै सहयोग गर्ने घोषणा

Nepal Watch | 1 day ago
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि सुरक्षा बलको हिंसापछि इरानी अधिकारीहरूसँगको सबै छलफल रद्द गरेको घोषणा गरेका छन। उनले इरानी नागरिकलाई छिट्टै सहयोग गर्ने बताएका छन। ट्रम्पले इरानी नागरिकलाई गर्ने सहयोगको विवरण भने दिएका छैनन्। यसअघि, उनले इरानले अमेरिकी चेतावनीपछि वार्ता गर्न चाहेको बताएका थिए।

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम , कुन पार्टीबाट कति जनाले लिए नाम फिर्ता ?

Nepal Watch | 1 day ago
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने

Nepal Watch | 1 day ago
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो ।

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

Nepal Watch | 1 day ago
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुने छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

Nepal Watch | 1 day ago
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ-आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।

डेढ वर्षपछि भेटियो सिमलतालमा दुर्घटनामा परेको गणपति डिलक्सको बस

Nepal Watch | 1 day ago
काठमाडौँ । डेढ वर्षअघि चितवनको भरतपुर-२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ । आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो ।

टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

Nepal Watch | 1 day ago
काठमाडौँ । आगामी महिना सुरु हुने टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले श्रीलंका ‘ए’ टीमसँग श्रीलंकामै आगामी जनवरी २०, २२ र २४ मा अभ्यास खेल खेल्ने छ।

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्वको लागि आजै मतदान

Nepal Watch | 1 day ago
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार कार्यतालिका सार्वजनिक गरेका हुन्। कार्यतालिका अनुसार आजै राति ९ बजेबाट मतदान हुनेछ ।

Explore news by Category