npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

निर्वाचनको सम्पूर्ण तयारी पूरा, २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

Nepal Watch 13 hours ago
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै  सम्पन्न काम भइसकेका छन्।
आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उनले जानकारी दिए ।

पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन्।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक कार्य गरिरहेका छन्। स्थानीय स्तरमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक बसी मतदानका विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको प्रवक्ता भट्टराईले बताए।

भोलिसम्म मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने उनले जानकारी दिएका छन्।

मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको छ। सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताएका छन्।

Read more news from NepalWatch

Explore by Source or Category