npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

सामाजिक सञ्जालमा फैलिएको भ्रामक सामग्रीप्रति गगन थापाको आपत्ति

Nepal Watch 8 hours ago

काठमाडौँ । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट तथा भ्रामक सामग्रीप्रति गगन थापाले आपत्ति जनाएका छन्।

आफू र पार्टीका उम्मेदवारलाई लक्षित गरी असत्य सूचना तथा सम्पादन गरिएका भिडियो सामग्री योजनाबद्ध रूपमा फैलाइएको उनले बताएका छन्। यस्तो गतिविधि निर्वाचन आचारसंहिताविरुद्ध र लोकतान्त्रिक अभ्यासमा प्रतिकूल प्रभाव पार्ने उनको भनाइ छ।

थापाले फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा देखिएका शंकास्पद सामग्री तथ्य परीक्षणपछि मात्र साझा गर्न र गलत सामग्री सम्बन्धित माध्यममै रिपोर्ट गर्न आग्रह गरेका छन्। लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन जिम्मेवार डिजिटल सहभागिता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

Read more news from NepalWatch

Explore by Source or Category