npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

Nepal Watch 7 hours ago

 

काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

कतारी हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कतारको सिभिल एभिएसन अथोरिटीको वेबसाइटमा हेर्न अनुरोध गरेको छ ।त्यस्तै, अफवाहपूर्ण सूचना सामग्री तथा घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा नगर्न र भिडभाड हुने स्थानमा आवश्यकताबाहेक नजान पनि अनुरोध गरको छ ।

अपरिचित शव वा शंकास्पद वस्तुनजिक नगइदिन पनि दूतावासले अनुरोध गरेको छ । “सुरक्षितसाथ घरभित्रै बसिदिनुहोला तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहोला,” दूतावासले भनेको छ ।

दूताबासले मोबाइल फोन पूर्ण चार्जमा राख्नुका साथै केही नगद र महत्त्वपूर्ण परिचयपत्र पनि आफूसँग राख्न आग्रह गरेको छ ।

 

Read more news from NepalWatch

Explore by Source or Category