npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

निर्वाचन कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटनामा २ को निधन

न्युज अफ नेपाल 3 hours ago

रामेछाप।

रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा सोमवार कर्मचारीसहित निर्वाचनका सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका–३ साँघुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका–६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुनुहुन्छ ।

रामेछाप नगरपालिका–२ देउरालीको शीतलादेवी मावि र वडा नं ३ साँघुटारको वडा कार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामग्री लिएर गएको निसान कम्पनीको मिनिट्रक देउरालीको सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।

Read more news from News of Nepal

Explore by Source or Category