npl.977 Nepal News Stream

#बजार

Contents
Kendrabindu logo Kendrabindu

गरिमा विकास बैंकले गर्‍यो लोगो तथा छाप परिवर्तन

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई थप सशक्त र समयसापेक्ष बनाउने उद्देश्यका साथ नयाँ लोगो तथा छाप सार्वजनिक गरेको छ।

बैंकले २०८२ माघ १ गते, बिहीबारदेखि लागू हुने गरी आफ्नो आधिकारिक लोगो र छाप परिवर्तन गरेको जानकारी दिएको हो। बैंकको दीर्घकालीन रणनीतिक योजनाअनुसार, गत २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले लोगो र छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही निर्णय र आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी बैंकले नयाँ पहिचानलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।

आधुनिकता र विश्वसनीयताको प्रतिबिम्ब
बैंकको अनुसार नयाँ लोगोले आधुनिक बैकिङको आभास दिनुका साथै सरल पहिचान र विश्वसनीय सेवाप्रतिको अटुट प्रतिबद्धतालाई झल्काउनेछ।

समयको पदचापसँगै बैंकले आफ्नो स्वरूपमा परिमार्जन गरेर ग्राहकहरूमाझ थप ऊर्जावान् र सुदृढ रूपमा प्रस्तुत हुन खोजेको देखिन्छ।लोगो परिवर्तनको अवसरमा बैङ्कले आफ्ना सम्पूर्ण ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरेको छ।

साथै, आगामी दिनहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्ने प्रतिबद्धता समेत बैङ्कले व्यक्त गरेको छ। हाल गरिमा विकास बैङ्कले देशका विभिन्न स्थानमा रहेका आफ्ना शाखाहरूमार्फत आधुनिक बैङ्किङ सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

Kendrabindu logo Kendrabindu

माघे सङ्क्रान्तिमा कालीमाटी बजारमा आयो २२ लाख किलो कन्दमूल

इन्द्र कमल रोक्का 22 hours ago

काठमाडौं । माघे सङ्क्रान्तिको चहलपहलसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा कन्दमूलको व्यापार उल्लेख्य रूपमा बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुस महिनामा मात्रै कालीमाटी बजारमा २२ लाख किलोभन्दा बढी कन्दमूल आपूर्ति भएको छ, जसले बजारमा माग र आपूर्ति सन्तुलित राखेको छ ।

माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड र पिँडालुको विशेष महत्त्व रहने भएकाले यस समयमा कन्दमूलको कारोबार वर्षकै उच्च हुने गर्दछ । समितिको तथ्यांक अनुसार यस वर्ष कालीमाटीमा सबैभन्दा बढी तरुल भित्रिएको छ । कुल तरुल आपूर्तिमध्ये करिब ९२ प्रतिशत स्वदेशमै उत्पादन भएको हुँदा नेपाल यस क्षेत्रमा आत्मनिर्भरतातर्फ उन्मुख देखिएको छ ।

तरुल र पिँडालुमा आन्तरिक उत्पादन पर्याप्त रहे पनि सखरखण्डमा भने भारतीय आयातको हिस्सा केही बढी रहेको समितिले जनाएको छ । सर्लाही, धादिङ, नुवाकोट, मकवानपुरलगायत जिल्लाबाट ठूलो परिमाणमा कन्दमूल काठमाडौं भित्रिएको छ ।

आपूर्ति पर्याप्त भएकाले बजारमा मूल्य स्थिर रहेको व्यापारीहरू बताउँछन् । चिसो मौसममा ऊर्जा दिने र धार्मिक मान्यतासमेत जोडिएकाले माघे सङ्क्रान्तिमा कन्दमूलप्रतिको आकर्षण अझ बढेको छ । बजारमा देखिएको यो चहलपहलले किसान र व्यापारी दुवैमा उत्साह थपेको छ ।

Explore by Source or Category