Supriya Acharya
|
7 minutes ago
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत बिरेन्द्रनगर नगरपालिका-०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको हो ।
Manjila Pandey
|
13 minutes ago
काठमाडौँ । पटकपटक सिए सदस्यता परीक्षामा फेल भएका १२०० परीक्षार्थीलाई पास हुन सहज हुनेगरी आइक्यानले सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न सोध्ने योजना बनाएको र सोहि अनुआर टास्क फोर्सले योजना पास गरी परीक्षा समितिलाई पठाएको खुलासा भएको छ । आइक्यानमा आज बसेको टास्क फोर्सको बैठकले पूर्ववत योजना अनुसार नै परीक्षा समितिलाई सिए सदस्यता परीक्षामा मल्टीपलContinue reading "सिए सदस्यतामा पटक-पटक फेल भएकाहरुलाई पास हुन सजिलो हुनेगरी मल्टिपल च्वाइस प्रश्न सोध्ने योजना टास्कफोर्सबाट पास !
Sudarshan Shrestha
|
49 minutes ago
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधान विपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पार्टीकोContinue reading "वैधानिकता नपाए देउवा समूहले देशभर आन्दोलन गर्ने !
Supriya Acharya
|
52 minutes ago
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ ।
Sudarshan Shrestha
|
1 hour ago
सिन्धुली । नेपाल एसबिआई बैंकको शाखा लुट्ने योजना लुटेराहरुले गत असोजमै बनाएको र २ पटकको असफल प्रयास पछि तेश्रो पटकमा बैंक लुटेको खुलासा भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाटका लागि घरभेटीकै सहयोगमा योजना बनेको खुलासा भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीलेContinue reading "नेपाल एसबिआई बैंक लुट प्रकरणः असोजदेखि नै थियो बैंक लुट्ने योजना, २३ र २८ गते ट्रायल गरेर २९ गते काम तमाम !
Sudarshan Shrestha
|
2 hours ago
Sudarshan Shrestha
|
2 hours ago
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ २ गते (शुक्रबार) उनले पदबाट राजीनामा दिएका हुन् । पाण्डेले माघ ४ गतेदेखि लागू हुनेगरि पदबाट राजिनामा दिएको बताएका छन् । महानगर प्रहरी बलको प्रमुखबाट राजीनामा दिएका पाण्डे फागुन २१ गतेको चुनाव लड्ने तयारीमा छन् । उनले यसअघि मेयर शाहसँगै आफूले पनिContinue reading "राजुनाथ पाण्डेले दिए राजीनामा, अब चुनावको तयारी गर्ने !
Manjila Pandey
|
2 hours ago
काठमाडौँ। नबिल बैंकको लेखापरीक्षणमा ज्ञानेन्द्र बहादुर भारी नियुक्त भएका छन्। बैंकको ४१औं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षणमा पुन: नियुक्त गरेको हो। चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीले पाएका छन्। बैंकको लेखापरीक्षणमा नियुक्त भएका उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।
Supriya Acharya
|
2 hours ago
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बी.पी.
Sudarshan Shrestha
|
3 hours ago
काठमाडौँ । दुर्गा प्रसाईं समूह र सरकारबीच शुुक्रबार वार्ता हुने भएको छ । वार्ता दिउँसो २ बजे हुने वार्ता टोलीका सदस्य देवी संग्रौलाले बताएका छन् । वार्तामार्फत सहमति हुने विश्वास व्यक्त गर्दै उनले वार्ता नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
Sudarshan Shrestha
|
4 hours ago
काठमाडौँ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता चढेको गाडीमा तोडफोड गरिएको छ । वडा अधिवेशनका लागि गोरखा पुगेका रास्वपाका केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा चढेको गाडीमा तोडफोड भएको हो । उक्त गाडीमा परियार र थापासहित पर्यटन विभाग सदस्य प्रकाश लामिछाने पनि सवार थिए ।
Supriya Acharya
|
5 hours ago
काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेकोContinue reading "फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Sudarshan Shrestha
|
6 hours ago
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोत साधनमाथि भार पर्न सक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो । सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछContinue reading "अमेरिकाले रोक्यो नेपालसहित ७५ देशको आप्रवासी भिसा, विद्यार्थी र पर्यटक भिसा के हुन्छ ?
Sudarshan Shrestha
|
7 hours ago
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशलाई लोकप्रिय नारा नभएर इमानदार नेतृत्व चाहिएको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् । ‘भूकम्प सुरक्षा दिवस’को अवसर पारेर मेयर शाहले पोष्ट गरेको उक्त पोष्टमा उनले २०७२ सालको भूकम्पजस्तो दिन कहिल्यै नआओस् भन्ने कामना समेत गरेका छन् ।
Sudarshan Shrestha
|
8 hours ago
काठमाडौँ । अबदेखि बीमा कम्पनीमा नगद कारोबार नहुने भएको छ । बीमा प्राधिकरणले सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नू भनेर दिएको निर्देशन माघ १ गतेदेखि लागू भएसँगै बीमा कम्पनीमा सबै प्रकारका भुक्तानी अबदेखि विद्युतीय प्रणालीबाटै हुने भएका हुन् । प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले अभिकर्ता, कर्मचारी, सेवा प्रदायक वा अन्य पक्षलाई गर्ने सबै प्रकारका भुक्तानी बैंकिङContinue reading "बीमा कम्पनीमा अब नगद कारोबार नहुने, सबै भुक्तानी डिजिटल माध्यमबाट !
Sudarshan Shrestha
|
9 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार राती १२ः०० बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । त् यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
Sudarshan Shrestha
|
22 hours ago
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्ने बताएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा विदेशीको सरकार नभएर नेपालीकै सरकार हुनुपर्ने बताएका हुन् । उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए ।
Sudarshan Shrestha
|
22 hours ago
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक सय भन्दा बढी कम्पनीलाई कारवाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०८१/८२ मा नियम नमान्ने एक सय एक कम्पनीलाई कारवाही गरेको हो ।
Supriya Acharya
|
23 hours ago