npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

मध्यपूर्वको तनावको परिणामः तेल र ग्याँसको अन्तराष्ट्रिय मूल्य बढ्दै, नेपाली भान्सामा पनि सिधा असर !

Sudarshan Shrestha 9 hours ago

काठमाडौँ । मध्यपूर्वी देशमा भएको अमेरिकी आक्रमण र त्यसपछि उत्पन्न तनावले तेल र ग्यासको भाउ ह्वात्तै बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ भने यही कारण प्राकृतिक ग्यासको मूल्य लगत्तै झण्डै ५० प्रतिशतले बढेको छ ।

स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार नै १० प्रतिशतले बढेको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने इरानको दक्षिणी भागस्थित जलमार्गबाट जहाजहरू नजान इरानले चेतावनी दिएको छ ।

बिबीसीका अनुसार अन्तराष्ट्रिय विश्लेषकहरूले लामो समयसम्म द्वन्द्व जारी रहे ऊर्जा मूल्य अझै बढ्नसक्ने चेतावनी दिएका छन् । आइतबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन बढाउने सहमति त जनाएका थिए, तर विश्लेषकहरुका अनुसार सो उत्पादन बढोत्तरीको निर्णयले पनि खासै राहत दिने स्थिति छैन ।

मध्येपूर्वको तनावको असर सिधा नेपाली भान्सामा पनि देखिने प्रष्ट छ । मध्येपूर्वको तनावका बीच भारतबाट तेलको मूल्य बढेर आएको छ । यसले विभिन्न राष्ट्रबाट आयात हुने विभिन्न सामानको भाउलाई पनि सिधा असर गर्ने देखिन्छ । मध्यपूर्वमा रहेका नेपालीहरुको रोजगारीमै समस्या हुनु, नेपालमा आउने रेमिट्यान्स प्रभावित हुनुजस्ता असरहरु त नेपालमा पर्ने नै छ, त्यो सँगै तेलको भाउ बढ्दा त्यसको सिधा असर नेपाली भान्सामा देखिने भएको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category