npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo

Artha Sarokar :: Nepal's No.1 Economic News

Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.

एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

Supriya Acharya | 58 minutes ago
काठमाडौँ । एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छिन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी उक्त पदमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिइसकेकी छिन् ।

‘हाइजेन रुस’ ब्राण्डको फ्रुटी खान अयोग्य, तत्काल बजारबाट फिर्ता गर्न निर्देशन !

Sudarshan Shrestha | 1 hour ago
काठमाडौँ । ‘हाइजेन रुस’ ब्राण्डको फ्रुटी खान अयोग्य रहेको खुलासा भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा ‘हाइजेन रुस’ ब्राण्डको म्यांगो ड्रिंक (फ्रुटी) खान अयोग्य रहेको ठहर गरेको हो । उक्त ब्राण्डको फ्रुटी खान अयोग्य ठहर भएपछि विभागले ‘हाइजेन रुस’ ब्राण्डको म्यांगो ड्रिंक बजारबाट तत्काल फिर्ता गर्न निर्देशन समेतContinue reading "‘हाइजेन रुस’ ब्राण्डको फ्रुटी खान अयोग्य, तत्काल बजारबाट फिर्ता गर्न निर्देशन !

नागरिक लगानी कोषको ३१औँ साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

Supriya Acharya | 1 hour ago
काठमाडौँ । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’, आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

Supriya Acharya | 1 hour ago
काठमाडौँ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गरेको छ । माघ १ देखि ३ गतेसम्म धनगढीस्थित GARS ट्रेडिङमा सुरु भएको हो ।

काँग्रेसका पूर्ण बहादुरः ‘पूर्ण पनि भएनन्, बहादुर पनि रहेनन्, सारंगी बजाउन जानेनन्, देउवा बाहेक कसैले भनेको मानेनन्’

Sudarshan Shrestha | 2 hours ago
काठमाडौँ । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसमा अहिले एउटा नाम चर्चित छ, पूर्ण बहादुर खड्का । शेर बहादुर देउवाका खास पात्रसमेत रहेका पूर्ण बहादुर नेपाली काँग्रेस (संस्थापन पक्ष) का उपसभापति तथा कार्यवाहक सभापति हुन् । तर, हाल विशेष महाधिवेशनले काँग्रेसको नयाँ नेतृत्व चयन गरेसँगै उनी अब नाम मात्रका काँग्रेस भएको काँग्रेसकै नेताहरुले बताएका छन् ।

पुष मसान्तसम्म ५ खर्ब ८१ अर्ब राजस्व संकलन

Sudarshan Shrestha | 2 hours ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो ।

सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

Supriya Acharya | 3 hours ago
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय रुपैयाँले घटेर दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।Continue reading "सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरभेटी, सहयोगी उनका साला, सालाले खोजेका थिए अरु लुटेरा, सबै पक्राउ !

Supriya Acharya | 4 hours ago
काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ बयान दिएपछि बैंक बसेको घरका घरभेटी छविलाल स्याङतान पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको हो । बैंक लुटिएकै दिन विहान उनी गाडीको ड्राइभिङ लाइसेन्स बनाउने भन्दै महोत्तरी हिँडेका थिए । तर, प्रारम्भिक बयानका क्रममा लुटेराहरुले घरभेटीकै योजनामा बैंकContinue reading "नेपाल एसबिआई बैंक लुट प्रकरण: मुख्य योजनाकार घरभेटी, सहयोगी उनका साला, सालाले खोजेका थिए अरु लुटेरा, सबै पक्राउ !

नेपाल माइक्रो इन्स्योरेन्समा हदैसम्म मनपरी, मिलेमतोमै फेक बीमा दाबी, लाखौँ ठगी !

Sudarshan Shrestha | 5 hours ago
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्समा हदैसम्मको मनपरी भएको पाइएको छ । कम्पनीमा फेक बीमा दाबी गरेर ८१ लाख रुपैयाँ ठगी गरेको पाइएको हो । यतिसम्म की फेक बीमा दाबी गरेर लाखौँ रकम हत्याउने योजनामा प्रहरीले समेत सहयोग गरेको खुलेको छ । काल्पनिक दुर्घटना खडा गरी फेक बीमा दाबी गरेर ८१ लाख रुपैयाँ ठगी गरेको भन्नेContinue reading "नेपाल माइक्रो इन्स्योरेन्समा हदैसम्म मनपरी, मिलेमतोमै फेक बीमा दाबी, लाखौँ ठगी !

सभापति चुनिएपछि गगनको गर्जन- ‘कसैको शिर झुक्न दिन्न, नेपाली काँग्रेसको शान राख्छु’

Sudarshan Shrestha | 6 hours ago
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसको सभापतिमा प्रष्ट नेता गगन निर्विरोध !, विधिअनुसार नचल्ने भ्रष्टहरुको विरोध !

Sudarshan Shrestha | 6 hours ago
काठमाडौँ । नेपाली काँग्रेसमा प्रष्ट नेताका रुपमा पहिचान बनाएका गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । विशेष महाधिवेशनबाट सभापतिका लागि एक्लो उम्मेदवारी दिएका थापा नेपाली काँग्रेसको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । शेरबहादुर देउवा समूहले गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेतालाई कारवाही गरेपछि नेतृत्व चयनको बाटो खुला भएको अभिव्यक्ति दिएका गगन थापा सोही दिनContinue reading "नेपाली काँग्रेसको सभापतिमा प्रष्ट नेता गगन निर्विरोध !, विधिअनुसार नचल्ने भ्रष्टहरुको विरोध !

नेपाल एसबिआई बैंक लुट प्रकरणः लुटेराले देखाएका थिए नक्कली पेस्तोल, जंगल छिरेपछि गाडेका थिए पैसा (थप अपडेट)

Sudarshan Shrestha | 7 hours ago
काठमाडौँ । नेपाल एसबिआई बैंक लुटेका लुटेराहरुले सुरक्षा गार्डलाई देखाएको पेस्तोल नक्कली रहेको खुलासा भएको छ । उनीहरुले प्रयोग गरेको पेस्तोल नक्कली भएको तथ्य स्वयम् प्रहरीले पुष्टि गरेको हो । केटी भगाउने भन्दै गाडी नै बुक गरेर सिन्धुली पुगेका लुटेराहरुले पूर्व योजना अनुसार नै बैंक लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सरकारी वेबसाइट ‘ह्याक’ गर्दै आएका अर्यालले गरे आत्मसमर्पण

Sudarshan Shrestha | 21 hours ago
काठमाडौँ । सरकारी वेबसाइट ‘ह्याक’ गर्दै आएको ‘नेपाली फर नेपाल’का प्रमुख सन्देश अर्यालले आत्मसमर्पण गरेका छन् । प्रेस विज्ञप्ति नै जारी गरेर अर्यालले श्रृङ्खलाबद्ध रुपमा सरकारी वेबसाइटहरु ‘ह्याक’ गरेको स्वीकारेका हुन् । उनले गलत मार्ग निर्देशन र विचारको पछि लागेर राष्ट्र विरोधी कार्यमा संलग्न भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शेरबहादुर देउवासहितका नेतालाई कारवाही गर्न गगनमाथि दबाब, सभापतिको औपचारिक सपथपछि निर्णय !

Sudarshan Shrestha | 21 hours ago
काठमाडौँ । विशेष महाधिवेशन पक्षधरले शेरबहादुर देउवासहितका नेतालाई कारवाही गर्न दबाब दिएका छन् । देउवा समूहले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलम मन्सुरलाई कारवाही गरेपछि विशेष महाधिवेशन पक्षधरले देउवा लगायतका नेतालाई कारवाही गर्न दबाब दिएका हुन् । तर, देउवा लगायतका नेतालाई कारवाही गर्ने विषयमा सभापतिको औपचारिक सपथपछि निर्णय गर्ने तयारीन गगन रहेको गगनContinue reading "शेरबहादुर देउवासहितका नेतालाई कारवाही गर्न गगनमाथि दबाब, सभापतिको औपचारिक सपथपछि निर्णय !

आइक्यान र राष्ट्रिय वाणिज्य बैंकबीच ‘विवादास्पद’ सम्झौता !, ‘कारवाही नगर्ने मौखिक सर्त, इथिक्स सिकाउने संस्थाकै अनइथिकल काम !’

Manjila Pandey | 21 hours ago
काठमाडौँ । स्वार्थ बाझिने गरी काम गर्नु हुँदैन भन्ने कोड अफ इथिक्स बनाएको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले कोड अफ इथिक्स विपरित काम गरेको आरोप लागेको बैंकसँगै सम्झौता गरेको छ । आइक्यान र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको हो । कोड अफ इथिक्स विपरित स्वार्थ बाझिनेगरीContinue reading "आइक्यान र राष्ट्रिय वाणिज्य बैंकबीच ‘विवादास्पद’ सम्झौता !, ‘कारवाही नगर्ने मौखिक सर्त, इथिक्स सिकाउने संस्थाकै अनइथिकल काम !

एसबिआई बैंक लुट प्रकरण: पक्राउ परेका सबै रङ लगाउने काम गर्ने मजदुर, जंगलमा भोक लागेपछि चाउचाउ किन्न जाँदा पक्राउ !

Sudarshan Shrestha | 22 hours ago
काठमाडौँ । नेपाल एसबिआई बैंकको शाखा लुटेर भागेका र पछि पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका भएको खुलासा भएको छ । उनीहरु रङ लगाउने काम गर्ने मजदुर भएको पनि खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले केटी भगाउने भन्दै गाडी बुक गरेअक थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छContinue reading "एसबिआई बैंक लुट प्रकरण: पक्राउ परेका सबै रङ लगाउने काम गर्ने मजदुर, जंगलमा भोक लागेपछि चाउचाउ किन्न जाँदा पक्राउ !

‘रुख चिन्ह र चारतारे झण्डा गगनसँग हुनेछ, शेरबहादुरहरु नाम मात्रका काँग्रेस’

Supriya Acharya | 22 hours ago
काठमाडौँ । गगन थापाले आधिकारिक काँग्रेस नै आफूहरु भएको बताएका छन् । शेरबहादुर देउवा समूहले कारवाही गरेलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले आधिकारिक काँग्रेस आफूहरु भएको बताएका हुन् । उनले आधिकारिक काँग्रेस विशेष महाधिवेशन पक्षधर नै भएको भन्दै अब ढुक्कसँग नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुला भएको बताएका छन् ।

गगनलाई कारवाही गरेपछि काँग्रेसजनको नाराबाजी- ‘देउवा चोर ! देश छोड’ !

Supriya Acharya | 23 hours ago
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरेसँगै सभापति शेर बहादुर देउवाविरुद्ध नाराबाजी सुरु भएको छ । दोस्रो विशेष महाधिवेशन स्थलमै काँग्रेसका नेता कार्यकर्ताले देउवाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले ‘देउवा चोर !, देश छोड’ भन्दै नाराबाजी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकलेContinue reading "गगनलाई कारवाही गरेपछि काँग्रेसजनको नाराबाजी- ‘देउवा चोर ! देश छोड’ !

Explore news by Category