npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

मंगलबार ३८.५२ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७१२.४९ बिन्दुमा

Supriya Acharya 9 hours ago

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सलापा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, शुभम् पावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category