रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज !
Sudarshan Shrestha
|
10 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले धनुषा-१ बाट उम्मेदवारी दिएका साहको उम्मेदवारी खारेज गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको खुलेपछि साहको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका कमल निर्माण सेवा प्रालिका सेयरधनीसमेत रहेका साह कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार २०८० सालमै कालोसूचीमा परेको देखिएको छ ।
उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन् ।