npl.977 Nepal News Stream

#सिनेमा

Contents
नेपाल न्युज logo नेपाल न्युज

‘निफ’ मा ४० देशका ८८ चलचित्र

नेपालन्युज 1 hour ago

काठमाडौँ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ।

यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए। चलचित्रकर्मीसँग अन्तरक्रिया‚ युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरुको उत्सव’ भन्ने नारा राखिएको अध्यक्ष पाठकले बताए।

उनले भने‚ “हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ। निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास हो‚ युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशाला लगायतका सत्र राखेका छौँ। युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ।”

अध्यक्ष पाठकका अनुसार कान्स‚ बर्लिन‚ भेनिस‚ ट्राइबेका‚ सङ्घाइ‚ लोकार्नो‚ बुसान र गोवाजस्ता विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत चलचित्र‚ छोटा चलचित्र‚ वृतचित्रहरू यसपटक महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार ५०० अमेरिकी डलरसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख रुपैयाँ र ट्रफी‚ उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार र ट्रफी प्रदान गरिनेछ। महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ। एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाल न्युज logo नेपाल न्युज

एकसाथ गोबर गणेश, भाइरल गोर्खे र मिरमिरे

नेपालन्युज 9 hours ago

काठमाडौँ। माघेसङ्क्रान्तिको अवसर पारेर आजदेखि तीन नयाँ नेपाली चलचित्र ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’ नेपालभरका चलचित्र भवनमा प्रदर्शन भएका छन्।

माघेसङ्क्रान्ति लक्षित गर्दै दिइने बिदालाई लक्षित गर्दै चलचित्रका निर्माता तथा निर्देशकले चलचित्रले दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याएका हुन्। यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन्।

चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको छ। सामाजिक सञ्जालको बढ्दो दबदबाबीच ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने अभिनेता सौगात मल्लले बताए।

उनले भने, “चलचित्रको विषयवस्तु केवल टिकटकसँग जोडिएको भए सायद म अभिनय गर्थिनँ होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ। एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअवरोह चलचित्रमा समेटिएको छ। भाइरल हुन जति मिहिनेत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मिहिनेत गर्नुपर्छ। विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ।”

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने जनाउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए। निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलालगायतको अभिनय छ।

आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’मा बुबा र छोरीबीचको सम्बन्धको कथा देखाइएको छ। अभिनेता दयाहाङ राईले चलचित्रले सामाजिक विषयसँगै भावनात्मक सम्बन्धका विभिन्न पाटालाई समेटेको बताए। उनले भने, “हामीले प्रचार सामग्रीमा चलचित्रको विषयलाई बिम्बका रूपमा प्रस्तुत गरेका छौँ। यो विषयले हरेक बुबा र छोरीलाई छोइरहेको महसुस हुन्छ। हामी सबैले मिहिनेत गरेर दर्शकका लागि राम्रो चलचित्र ल्याउने प्रयास गरेका छौँ।”

यसका निर्देशक यम शेर्पाले विषयवस्तु नयाँ र मौलिक रहोस् भन्ने उद्देश्यले सबै कलाकारसँग समन्वय गरी छोटो समयमा चलचित्र तयार गरेको बताए। उनले भने, “कथालाई पटकथामा रूपान्तरण गरेपछि ढिला गर्नु हुँदैन भन्ने लाग्यो। हामीले मिहिनेत गरेर फिल्म बनाउँछौँ, तर हामीभन्दा अगाडि विदेशी चलचित्रमा यस्तै कथा देखियो भने नक्कल गरेको आरोप लाग्न सक्छ। त्यसैले यो कथालाई छिटो दर्शकमाझ पुर्याउनुपर्छ भन्ने लागेर निकै मिहिनेतका साथ काम गरेका हौँ।”

यार्सा फिल्म्सद्वारा निर्माण गरिएको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठलगायत कलाकारले पनि अभिनय छ।

आजदेखि नै प्रदर्शन भएको चलचित्र ‘गोबर गणेश’लाई ‘बल्छी धुर्वे’ का रूपमा चिनिएका कलाकार मरिचमान श्रेष्ठले निर्देशन गरेका हुन्। उनकै मुख्य भूमिका रहेको चलचित्रमा आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आएपछि हुने उतारचढाव देखाइएको छ। चलचित्रमा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङलगायत कलाकारको अभिनय छ।

तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आए पनि चलचित्र भवनमा दर्शकको चाप देखिएको छैन। प्रायः बिदाको समयमा चलचित्रले राम्रो व्यापार गर्ने गरेको र सोही कारण माघेसङ्क्रान्ति निर्माताको रोजाइमा परेको हो।

Explore by Source or Category