npl.977 Nepal News Stream

#Uncategorized

Contents
उकालो logo उकालो

भीडतन्त्रले पुर्‍याउने गन्तव्य

हेमन्त मल्ल ठकुरी 1 hour ago

प्रतिनिधिसभाको निर्वाचन संघारमै आइपुगेको छ र सबै तयारी सकिएर अब मतदान हुन बाँकी छ। निर्वाचन लोकतन्त्रको उत्सव मात्र होइन। यो राज्यको शासन क्षमता र राजनीतिक अनुशासनको कठोर परीक्षा पनि हो। यस्तो किन पनि भनिएको हो भने, सुरक्षित, शान्त, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नसक्ने राज्यको दीर्घकालम

उकालो logo उकालो

​मतदान केन्द्र छिर्दा खल्ती होइन, मस्तिष्क र मुटु छामौँ

यिश्वरा सिवा 7 hours ago

अहिले विश्वका थुप्रै भूगोलमा सूर्यले छाला मात्र डढाउँदैन, मान्छेका सपनाका हड्डीहरू समेत सेकाउँछ। मध्यपूर्वका आकाशहरूमा क्षेप्यास्त्रहरूले मृत्युको भयानक 'नृत्य' प्रदर्शन गर्दै गर्दा नेपालको चुनावी रमिता एउटा 'अर्थहीन प्रहसन'जस्तो देखिन्छ। एकातिर हाम्रा युवाहरू युद्धको चक्रव्यूह र अनिश्चितताको सास्ती

नेपाल न्युज logo नेपाल न्युज

शेखरलाई तीन उम्मेदवारले सघाउने

नेपालन्युज 20 hours ago

मोरङ। मोरङ क्षेत्र ६ का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उम्मेदवारले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्।

उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन-जी समूहका उम्मेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफूहरूको भन्दा कोइरालाको जित आवश्यक रहेको निष्कर्षमा पुगेर आफूहरूले उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।

Explore by Source or Category