npl.977 Nepal News Stream

Kendrabindu logo

Kendrabindu

kendrabindu: Trusted Nepali News for Every Reader

निर्वाचनका लागि मतदाता गाउँ फर्किँदै

इन्द्र कमल रोक्का | 32 minutes ago
काठमाडौं। यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन् । मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ ।

मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

इन्द्र कमल रोक्का | 48 minutes ago
काठमाडौँ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

चन्दा उठाएर कलुवापुरको रामजानकी मन्दिर मर्मत

इन्द्र कमल रोक्का | 50 minutes ago
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मत गरी रङरोगन गरेर पुनर्निर्माण गरिएको छ। पुरानो पर्खाल भत्काएर नयाँ पर्खाल बनाइएको छ र त्यसमा स्टिल रेलिङ राखिएको छ। मन्दिरको मुख्य गेट नयाँ डिजाइनमा निर्माण गरिएको छ। मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरिएको छ। मन्दिर परिसरमा बस्नको लागि चौतारो बनाइएको छ। यी कार्य चन्दा सहयोगबाट सम्भव भएको हो।

कास्कीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ

इन्द्र कमल रोक्का | 1 hour ago
कास्की। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका सामग्री पठाइसकेको जनाएको छ। मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतले निर्वाचन कार्यालयबाट सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन्।

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।

ट्रेड युनियन कांग्रेसद्वारा मध्यपूर्वको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा पछिल्लो समय बढ्दो सैन्य तनाव र आक्रमणका घटनाप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो । त्यस्तै, आज चाँदीको मूल्य घटेको छ ।

इरान विरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त

इन्द्र कमल रोक्का | 1 hour ago
एजेन्सी । इरान विरुद्ध अमेरिका–इजरायल संयुक्त आक्रमणको तेस्रो दिन जेरुसेलम शहरका सडकहरू शान्त देखिएका छन् । सामान्यतया व्यस्त रहने सडकहरूमा थोरै मात्रामा पैदल यात्रीहरू देखिन्छन् । चाइना मिडिया ग्रुप (सीएमजी)का संवाददाताले जमिनमा खिचेको फुटेजमा धेरैजसो पसलहरू बन्द रहेको देखाइएको छ । जुन जेरुसेलमको एक महत्त्वपूर्ण व्यावसायिक मार्ग जाफा स्ट्रिटमा सामान्य दिनहरू भन्दा एकदमै फरक छ।

घोषणापत्रमा दलितका मुद्दा सतही र परम्परागत ढंगले मात्रै समेटिए : सुशील विक

इन्द्र कमल रोक्का | 1 hour ago
काठामाडौं। दलित अधिकारकर्मी तथा लेखक सुशील बिकले दलित समुदायको न्यून राजनीतिक प्रतिनिधित्व र स्वतन्त्र मतदानको अधिकार सुनिश्चित गर्न ‘दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान’ सुरु गरिएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले विगतका निर्वाचन अभ्यासको विश्लेषण गर्दै दलित समुदाय अझैपनि नीति निर्माण तहमा प्रभावकारी रूपमा पुग्न नसकेको उल्लेख गरे ।

नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ ।काठमाडौंको नयाँ बानेश्वरमा मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए । प्रदेश ३–००१ ब.

रामेछापमा भएको गाडी दुर्घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रामेछाप नगरपालिका–२ स्थित सिरुवारिमा गाडी दुर्घटना भएको प्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्ति जारी गरी सभापति थापाल दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।प्रहरी परिसर काठमाडौंका अनुसार सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।

तराईमा हर्षोल्लासका साथ होली मनाउँदै

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ ।

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

इन्द्र कमल रोक्का | 2 hours ago
लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ ।हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

अमेरिकाले तत्काल फिर्ता बोलायो मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

इन्द्र कमल रोक्का | 2 hours ago
हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ ।मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।

निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् ।

Explore news by Category