सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा
इन्द्र कमल रोक्का
|
9 hours ago
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।प्रहरी परिसर काठमाडौंका अनुसार सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पांच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।