इन्द्र कमल रोक्का
|
22 minutes ago
काठमाडौं । ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ । मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
इन्द्र कमल रोक्का
|
30 minutes ago
लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । कुनै निर्वाचन क्षेत्रमा ५२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
38 minutes ago
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगर्ने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
45 minutes ago
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए ।
इन्द्र कमल रोक्का
|
53 minutes ago
काठमाडौं । देशकै चुनावी इपिसेन्टर मानिएको झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलगायत उम्मेदवार रहेको उक्त क्षेत्रमा अहिले शान्तिपूर्ण ढंगले मतदान जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इन्द्र कमल रोक्का
|
57 minutes ago
किमाथाङ्का (सङ्खुवासभा) । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ । जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन्। उनले काठमाडौंबाट मतदान गरेकी हुन्। मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ की मतदाता हुन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको काठमाडौं–दोहा उडान र २०८२ फागुन २२ गतेका लागि तय गरिएको दोहा–काठमाडौं उडान रद्द गरिएको जानकारी दिएको हो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । बिहीबार काठमाडौंमा मतदान गरेपछि शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकप्टरमार्फत प्रस्थान गरेका थिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको छ।
इन्द्र कमल रोक्का
|
1 hour ago
चन्द्रपुर (रौतहट) । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान गर्दै उनले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गरे ।
इन्द्र कमल रोक्का
|
1 hour ago
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान प्रक्रिया रोकिएको छ। मतदानका क्रममा एक मतदाताले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै आपत्ति जनाएपछि मतदान केन्द्रमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि विवाद बढ्न नदिन मतदान प्रक्रिया तत्कालका लागि रोकिएको हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित मष्टादेव आधारभूत विद्यालय मतदान केन्द्रमा आधा घण्टा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ११:४५ बजे विवाद हुँदा रोकिएको थियो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ । नेपालमा भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्। रुस, बांङ्लालादेश र श्रीलंका निर्वाचन आयुक्तसहित नेपालका निर्वाचन आयोगका कर्मचारीहरूले मतदान केन्द्र पुगेर मतदान प्रक्रिया, व्यवस्थापन र सुरक्षा अवस्थाबारे अवलोकन गरेका हुन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
चितवन । मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा पम्लेट देखाउने क्रममा नियन्त्रणमा लिइएको छ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद हुँदा मतदान स्थगित भएकाे छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो । एउटै व्यक्ति पटकपटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको छ । आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन् ।