इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गरेक छन् । उनले आज एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
धरान (सुनसरी) । प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् । बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पोखराको लालीगुराँस क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ। मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता भएको छ ।बिहीबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रीय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो राजनीतिक यात्रामा हालै १२ दिन निकै कठिन अवस्थामा बिताएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) सँग पार्टी एकताको घोषणा कार्यक्रममा बोल्दै उनले आफूहरू ‘दुर्घटनामा परेको जस्तो अवस्था’बाट गुज्रिएको तर त्यसबाट चोखिएर बाहिर निस्कन सफल भएको बताए।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं। सीजी ब्रान्डले तिहार पर्वको अवसरमा आयोजना गरेको ‘Tihar Rangoli Photo Share & Win Contest’ का विजेतालाई पुरस्कार प्रदान गरेको छ। प्रतियोगिताकी विजेता स्वयम्भू, काठमाडौं निवासी मिस सोयशा श्रेष्ठलाई CG Meridia Sound Bar प्रदान गरिएको हो। उक्त साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि, आधुनिक डिजाइन तथा उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काँक्रेविहार। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो ।
इन्द्र कमल रोक्का
|
3 hours ago
बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उनले प्रदेशको शान्तिसुरक्षालाई सुदृढ बनाउँदै नागरिकलाई पुर्ण रूपमा भयरहित वातावरणको प्रत्याभुति दिलाउन सरकार प्रयत्नशील रहेको बताए ।
इन्द्र कमल रोक्का
|
3 hours ago
टक्सार। भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा)को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुननिर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले दु्रत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुननिर्माणमा सहयोग गरेको हो ।
इन्द्र कमल रोक्का
|
3 hours ago
तानसेन। पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आफ्नो बाल्यकाल थारु समुदायमा बितेको भन्दै थारु परिवार आफ्नै लाग्ने बताएकी छिन् । बिहीबार काठमाडौंमा थारु समुदायले मनाएको माघी पर्वको अवसरमा बोल्दै उनले थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद आफ्नो जिब्रोमा भिजेको भन्दै त्यसैले माघी पर्व आफ्नो लागि पनि विशेष पर्व रहेको बताइन् ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राज्यविरुद्ध दुष्प्रयास गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच एकताको सहमती पत्रमा हस्ताक्षर भएको छ । बिहीबार माइतीघरमा दुई पक्षबिच ४ बुँदे सहमति भएको हो । नेकपा (माओवादी)का महासचिव विप्लव र जेन जी अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रक्रियालाई लिएर महान्यायाधिवक्ताको कार्यालयमाथि कडा प्रश्न उठाएका छन्। उनले उक्त कार्यालयलाई ‘इतिहासमै कलङ्कित हुने बाटोमा पुगेको संस्था’को संज्ञा दिएका छन्।
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति निर्वाचन आयोग पुगेपछि संस्थापन पक्ष एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवा समूहले वरिष्ठ वकिलहरूसँग परामर्श गरी विशेष महाधिवेशन वैध छ कि छैन ? भन्ने विषयमा राय लिएका हुन्।
इन्द्र कमल रोक्का
|
4 hours ago
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ बिहीबारदेखि सुरू भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जिएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो इभी, कर्भ इभी, नेक्सन के३ इभी र पञ्च इभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्।