npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

विदेशी निर्वाचन पर्यवेक्षकले गरे मतदान केन्द्र अवलोकन

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौँ । नेपालमा भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।

रुस, बांङ्लालादेश र श्रीलंका निर्वाचन आयुक्तसहित नेपालका निर्वाचन आयोगका कर्मचारीहरूले मतदान केन्द्र पुगेर मतदान प्रक्रिया, व्यवस्थापन र सुरक्षा अवस्थाबारे अवलोकन गरेका हुन्।

निर्वाचन आयोगका अनुसार नेपालले हरेक निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अवलोकनका लागि निमन्त्रणा गर्ने प्रचलन रहेको छ। अन्य देशमा निर्वाचन हुँदा नेपालबाट पनि पर्यवेक्षक टोली सहभागी हुने गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category