हुम्लामा आधा घण्टा रोकिएको मतदान पुनः सुरु
इन्द्र कमल रोक्का
|
4 hours ago
हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित मष्टादेव आधारभूत विद्यालय मतदान केन्द्रमा आधा घण्टा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान ११:४५ बजे विवाद हुँदा रोकिएको थियो । सोही वडाका बहिरा व्यक्तिले मतदान गर्ने क्रममा एजेन्ट र सहायक प्रहरी निरीक्षकबिच विवाद हुँदा स्थानीयले मतदान स्थलमा प्रवेश गर्दा विवाद भएको थियो । सुरक्षाकर्मीले विवादलाई समाधान गरी आधा घण्टापछि सोही व्यक्तिबाट मतदान कार्य सुरु भएको छ । निर्वाचन स्थललाई शान्त पारी रोकिएकै क्रम सङ्ख्याबाट मतदान सुरु गरिएको हो ।