रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान
इन्द्र कमल रोक्का
|
2 hours ago
लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । कुनै निर्वाचन क्षेत्रमा ५२ प्रतिशतसम्म मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
उनले मतदानमा उत्साहजनक सहभागिता देखिएको बताए ।