npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचनः सङ्खुवासभामा मतदान जारी

इन्द्र कमल रोक्का 2 hours ago

किमाथाङ्का (सङ्खुवासभा) । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ । जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिए । जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्रसहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले खाँदबारी–१ टुँडिखेल मतदान केन्द्रबाट मतदान गरे ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी–९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गरे । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँच खपन– ९ जलजलबाट मतदान गरे ।

जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । सङ्खुुवासभामा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।

त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category