npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि वालिङ -१० मा रोकियो मतदान

इन्द्र कमल रोक्का 3 hours ago

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान प्रक्रिया रोकिएको छ।

मतदानका क्रममा एक मतदाताले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै आपत्ति जनाएपछि मतदान केन्द्रमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि विवाद बढ्न नदिन मतदान प्रक्रिया तत्कालका लागि रोकिएको हो।

घटनाबारे जानकारी पाएपछि निर्वाचन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित पक्षहरू मतदान केन्द्रमा पुगेर आवश्यक छलफल र छानबिन गरिरहेका छन्। हस्ताक्षर नभएको मतपत्र कसरी प्रयोगमा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category