npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचन बिथोल्ने नेकपा बहुमतका नेता चितवन प्रहरीको नियन्त्रणमा

इन्द्र कमल रोक्का 3 hours ago

चितवन । मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा पम्लेट देखाउने क्रममा नियन्त्रणमा लिइएको छ । नेकपा बहुमतको जिल्ला सचिब सुमन श्रेष्ठ र नेकपा बहुमत निकट विद्यार्थी संगठनका चितवन संयोजक किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मोबाइल एक थान र पर्चा पम्प्लेट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category