npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

इन्द्र कमल रोक्का 15 hours ago

हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ ।
मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ ।
मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने काम र सिसिक्यामारा जडानको काम सक्किएको निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख हरि ढकालले बताएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category