npl.977 Nepal News Stream

#बैंक-वित्त

Contents
Taksar News logo Taksar News

मौद्रिक नीति समिक्षाः महानगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थाका शाखा समायोजन गर्न सकिने

टक्सार न्युज 1 hour ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकले महानगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो मौद्रिक नीति समिक्षा गर्दै शाखा समायोजन/एकीकरण गर्न सकिने व्यवस्था मिलाएको हो ।

विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गर्ने भएको छ ।

लघुवित्त वित्तीय संस्थाले धितो राखेर १५ लाख रूपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउने भएको छ । यसअघि लघुवित्तहरूले धितोमा ७ लाख रूपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न सक्नेमा अब १५ लाख रूपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने उल्लेख गरिएको हो ।

लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ । लघुवित्त ऋणीहरूको भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (पर्सनल ओभरड्राफ्ट) कर्जाको विद्यमान सीमा ५० लाख रूपैयाँबाट वृद्धि गरी १ करोड रूपैयाँ कायम गरिने जनाइएको छ ।

हालैको बाढी÷पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबिचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बिचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

Taksar News logo Taksar News

प्रभु बैंकका डिसिइओ पोख्रेल पक्राउ

टक्सार न्युज 18 hours ago

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मणिराम पोखरेललाई पक्राउ गरेको छ ।

आइतबार सिआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा हानेर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डिसिईओ पोखरेललाई पक्राउ गरेकाे हो ।

सिआइबीले गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

यसअघि कात्तिक ११ मा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि पक्राउ परेका थिए।

Taksar News logo Taksar News

प्रभु बैंक सिइओ अशोक शेरचन पक्राउ

टक्सार न्युज 20 hours ago

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज उनलाई पक्राउ गरेको हो ।

सिआइबीले गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

यसअघि कात्तिक ११ मा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि पक्राउ परेका थिए।

Explore by Source or Category