टक्सार न्युज
|
3 hours ago
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।
टक्सार न्युज
|
3 hours ago
चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा उनले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा वृद्धि गर्नु पर्ने बताएका हुन् ।
टक्सार न्युज
|
4 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए ।
टक्सार न्युज
|
4 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहो¥याएका हुन् ।
टक्सार न्युज
|
5 hours ago
काठमाडाैँ । जनता समाजवादी पार्टी,नेपालका नेता केशव झाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म निर्वाचन खर्च कम गर्न नसकिने बताएका छन् । शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उनले प्रनिनिधिसभा निर्वाचन जित्नको लागी उम्मेद्वारले १५ करोड रुपैयाँसम्म खर्च गर्ने गरेको बताए । उनले प्रत्येक निर्वाचनमा खर्चको सिमा बढिरहेको उल्लेख गरे ।
टक्सार न्युज
|
5 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफलका उनले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
टक्सार न्युज
|
5 hours ago
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन–जी) लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरुले सार्वजनिक भाषणहरुमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ थियो ।
टक्सार न्युज
|
6 hours ago
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
टक्सार न्युज
|
6 hours ago
टक्सार न्युज
|
7 hours ago
काठमाडौँ । यतिबेला स्वास्थ्य बिमाको रकम भुक्तानी नभएपछि काठमाडौँका केही अस्पतालले सेवा बन्द गरेका छन् । अस्पतालहरूलाई ८ अर्ब भुक्तानी गर्नुपर्छ । बजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले भुक्तानी दिएको छैन । कात्तिकको तेस्राे हप्ताभित्र बोर्डले भुक्तानीका लागि ७ अर्ब रुपैयाँ निकाशाको माग गर्दै पत्र पठायाे ।
टक्सार न्युज
|
7 hours ago
काठमाडाैँ । नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले काँग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको काँग्रेसलाई अधिकार नै नरहेको बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका काँग्रेस नेताहरुसँगको आयोगको छलफलका क्रममा उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाैँ भनेर हस्तक्षरसहित फर्किएकाे बताए ।
टक्सार न्युज
|
7 hours ago
काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली काँग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताएका छन् । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुग्नुभएका काँग्रेसका नेताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताएका हुन् । उनले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने बताए ।
टक्सार न्युज
|
8 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिता दाबीका लागि पुगेका काेइरालाले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उनले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताए ।
टक्सार न्युज
|
8 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उन्नत कम्प्युटिङ चिप्सको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने आदेश दिएका छन् । याे बिहीबारदेखि लागू भएको छ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित एक घोषणापत्रमा ट्रम्पले यो कार्य स्पष्ट रूपमा घटाइएको, परिमार्जन गरिएको वा खारेज नगरिएसम्म प्रभावकारी रहने बताइएको छ ।
टक्सार न्युज
|
8 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोईराला, मिन विश्वकर्मा, नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति छ ।
टक्सार न्युज
|
8 hours ago
काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ७६ हजार ५०० रूपैयाँ रहेको छापावाल स्ुनको मूल्य शुक्रबार २ लाख ७७ हजार २०० रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १६० रूपैयाँले बढेर ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।
टक्सार न्युज
|
8 hours ago
संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोतसाधनमाथि भार पर्नसक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो । सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ ।
टक्सार न्युज
|
11 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको हो ।
टक्सार न्युज
|
23 hours ago
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मौलिक चाडपर्वहरु सभ्यता, संस्कृति र पहिचानका अमूल्य सम्पदा रहेको बताएकी छन् । बिहीवार काठमाडाैँमा मगर (माघे) संक्रान्तिको अवसरमा मगर समुदायले आयोजना गरेको कार्यक्रममा उनले माघे संक्रान्ति लगायतका पर्वहरु देशका सम्पदा भएको बताएकी हुन् । मौलिक चाडपर्व, परम्परा, भेषभुषाको बहुरंगी सौन्दर्यले नेपालको राष्ट्रियता सुन्दर ढंगले श्रृगारिएको उनकाे भनाइ छ ।
टक्सार न्युज
|
23 hours ago
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् । काठमाडौँमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।