npl.977 Nepal News Stream

Taksar News logo Taksar News

रास्वपा सभापति लामिछानेको आधिकारिक फेसबुक पेजमा ह्याक प्रयास, मेटाद्वारा लक

टक्सार न्युज 7 hours ago

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच बनाउने प्रयास भएको छ।

पार्टी सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आज बिहानैदेखि बाह्य व्यक्तिहरूले पेज ‘ह्याक’ गर्ने प्रयास गरेको जनाएको हो।

सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त फेसबुक पेज हाल ‘मेटा’द्वारा लक गरिएको छ। पेज पूर्ण रूपमा सुरक्षित भई पार्टीको नियन्त्रणमा नआएसम्म कुनै पनि नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारिएको छ।

पार्टीले पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न आग्रह गरेको छ। फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको पनि सचिवालयले जनाएको छ।

आधिकारिक जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन अनुरोध गरिएको छ।

Read more news from Taksar News

Explore by Source or Category